काठमाडाैँ - केमिकल एण्ड मेडिकल सप्लायर्स एसाेसियसन (केमसान) ले १४ अाैँ वार्षिकोत्सवको अवसरमा बागमती सफाई महाअभियानलाई १० हजार पन्जा तथा १० हजार माक्स सफाई सामग्री हस्तान्तरण गरेकाे छ।
साे अवसरमा केमसानका अध्यक्ष सुरेश घिमिरे, महासचिव सिताराम कार्की,पूर्व अध्यक्षहरु धिरज थपलिया, भक्त हमाल सहित ६० जना व्यवसायीहरू बागमती सफाईमा सहभागी भए। बागमती सफाई महाअभियानकाे याे २८२ अाैँ हप्ता हाे।
बागमती शंखमुल क्षेत्रमा भएकाे सरसफाई कार्यक्रममा २६ संघ संस्थाबाट ५५० जनाकाे सहभागिता थियाे। सरसफाई कार्यक्रममा ८ मेट्रिक टन फाेहाेर संकलन गरी महानगरपालिका मार्फत व्यवस्थापन गरिएकाे छ।