काठमाडौं– नेपालका मेडिकल कलेजमा कार्यरत एमएस्सी र पिएचडी प्राध्यापकहरुको छाता संस्था एसोसिएसन अफ बेसिक एन्ड एप्लाइड मेडिकल साइन्सेस नेपालमा डा अजय जंग कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ।
संस्थाको प्रथम साधारण सभाले डा कुँवरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। साधारण सभाबाट संस्थाको उपाध्यक्षमा डा समिर सिंह, महासचिवमा मुकेशकुमार झा, सचिवमा राजुकुमार दुवे, कोषाध्यक्षमा ओमी बज्राचार्य र सहकोषध्यक्षमा रन्जितकुमार ठाकुर चयन भएका छन्।
सदस्यहरुमा बसन्त गेलाल, डा विष्णु चौलागाईं, डिल्लीराम निरौला, मनिषकुमार सिंह, नवलकिशोर यादव, प्रशिल प्रधान, डा राजिब मुखिया, सुवास सापकोटा र डा सुजितकुमार ठाकुर निर्वाचित भएका छन्।