५ प्रतिशत गर्भवती महिलालाई प्रि एक्लाम्पसिया ( गर्भावस्थामा हुने उच्च रक्तचाप) हुने सम्भावना हुन्छ जसमा धेरैलाई भविष्यमा डिमेन्सिया(बिर्सिने रोग)को जोखिम हुने खतरा रहेको एक नयाँ अध्ययनले देखाएको छ।
गर्भवस्थाको २०औँ हप्तामा ५ प्रतिशत महिलाहरुमा प्रि–एक्लाम्पसिया विकास हुन्छ। यसले त्यति मात्र होइन हाइपरटेन्शन अनि मिर्गौाला र कलेजोले गर्ने कार्यमा पनि असर पार्छ
अध्ययनकर्ताहरुले सन् १९७८ र २०१५ का बिचमा जन्म दिएका १, १७८,००५ डेनिस महिलामा यो अध्ययन गरेका थिए। जसमा ५८००० मा प्रि– एक्लाम्पसिया देखिएको थियो।
यो अध्ययन बिएमजे जर्नलमा प्रकाशित छ।
प्रि एक्लामपसिया भएका महिलामा भास्कुलर डिमेन्सियाको खतरा दोब्बर रहेको अध्ययनले बताएको छ । यस डिमेन्सियामा मष्तिष्कमा रगतको आपूर्तिमा कम गराउँछ।
जसमा ६५ वर्ष मुनिका महिलाहरुमा बढी जोखिम रहेको पाइएको छ ।
कोपेनहेगनमा रहेको ‘स्टेटन्स सेरम इन्स्टिच्युट’का रिसर्चर तथा लेखक हेडर ए बोयड भन्छन् ‘ प्रि एक्लामपसिया, डिमेन्सिया र हृदय रोगी महिलाहरुका लागि मेरो एउटै सुझाव छन् । ठिक्कको रक्तचाप, तौल नियन्त्रण तथा चिनीको मात्रामा नियन्त्रण गर्ने गर्नुपर्छ ।’
‘हामीले अझै यो अध्ययन अरु जनसंख्यामा पनि गर्नुपर्छ त्यसपछि मात्र यसका लागि के कदम चाल्न सकिन्छ निर्णय गर्न सकिन्छ। अहिले नै यसलाई अन्तिम बिन्दुको निर्णयमा पुगिहाल्ने अवस्था छैन ।’
(न्युयोर्क टाइम्सबाट अनुवाद गरिएकाे)