मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Thu, Sep 24, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
हरेक विद्यार्थीलाई 'बाइस्ट्यान्डर सीपीआर' सिकाउनु आजको आवश्यकता हो। के त्यो पाठ्यक्रममा अनिवार्य समावेश गर्न अब नेपालका लागि ढिला भएन र? यो नयाँ सरकारले त्यो कार्य पक्कै गर्छ भन्ने पूर्ण आशा छ। मिलिटरी ट्रेनिङभन्दा यो बढी उपयोगी हुन्छ भन्नेमा कुनै शङ्का नहोला।
शनिबार, साउन १६, २०८३
शिक्षित र सहरी क्षेत्रका घरपरिवारबाटै प्रसूति हिंसा बढी
प्रतिवेदनमा भावनात्मक, शारीरिक र यौन हिंसामध्ये भावनात्मक हिंसा सबैभन्दा बढी हुने गरेको उल्लेख छ। ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रका महिलाले बढी हिंसा भोग्नुपरेको तथा शिक्षित परिवारका महिलासमेत हिंसाबाट सुरक्षित नरहेको अध्ययनले देखाएको छ। यस्तै, मधेश प्रदेशका गर्भवती महिला तथा सुदूरपश्चिम प्रदेशका प्रसव र प्रसवोत्तर अवस्थाका महिलाले भावनात्मक हिंसा बढी भोग्नुपरेको तथ्य अन्वेषणमा उल्लेख गरिएको छ।
शुक्रबार, साउन १५, २०८३
चिकित्सक संघसँगको सहमति अनुसार उपभोक्ता, अपराध संहिता र स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन गर्न तीनवटा कार्यदल गठन
सरकार र नेपाल चिकित्सक संघसँग भएको सम्झौता अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कानुन संशोधन एवं विगतका सम्झौताहरू कार्यान्वयनका लागि तीनवटा छुट्टाछुट्टै कार्यदल गठन गरेको छ।
शुक्रबार, साउन १५, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
मजस्ता धेरै किशोरी र महिला यस्तै पीडा सहेर बाँचिरहेका छन्। कतिपयले वर्षौँसम्म आफ्नो समस्या के हो भन्ने थाहा पाउँदैनन्। महिनावारीको अत्यधिक दुखाइलाई सामान्य ठानिन्छ, बारम्बार हुने पेट वा पेल्भिक पीडालाई सहनुपर्ने कुरा भनिन्छ, र उनीहरू उचित जाँच तथा उपचारसम्म पुग्न ढिलो गर्छन्।
शुक्रबार, साउन १५, २०८३
इन्टर्न चिकित्सकको चेतावनी: साउन १९ देखि आमरण अनशन, प्रधानमन्त्रीलाई पाँचबुँदे माग कार्यान्वयन गर्न अल्टिमेटम
इन्टर्न चिकित्सकहरूले सरकारले तोकिएको समयसीमाभित्र माग सम्बोधन नगरे साउन १९ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरेका छन्। उनीहरूले यसअघि पनि सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग र अन्य सरोकारवाला निकायसँग पटक–पटक छलफल र आग्रह गरे पनि ठोस निर्णय हुन नसकेको बताएका छन्।
शुक्रबार, साउन १५, २०८३
अनशनरत नर्स रानाभाट भन्छिन् : ‘अनशन भाँड्ने नियतले ढिलो गरी वार्तामा बोलाइयो, निश्चित योजनासहित आए वार्तामा बस्छु’
रानाभाटले आफ्ना माग पूरा गर्न निश्चित योजना र ठोस प्रतिबद्धतासहित सरकार प्रस्तुत भए वार्ताका लागि आफूहरू तयार रहेको बताइन्। केवल अनशन तोडाउने उद्देश्यले गरिने वार्ताभन्दा पनि समस्याको निष्कर्षमा पुग्ने गरी वार्ता हुनुपर्ने उनको अडान छ।
शुक्रबार, साउन १५, २०८३
झुट्टा शैक्षिक प्रमाणपत्र पेस गर्ने वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अनुसन्धानका क्रममा दासले भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड पटनाबाट प्राप्त गरेको भनिएको इन्टरमिडियट तहको प्रमाणपत्र तथा श्री वैंकटेश्वर युनिभर्सिटी तिरुपति भारतबाबाट प्राप्त गरेको भनिएको ब्याचलर अफ इन्जिनियरिङ (कम्युटर साइन्स) को प्रमाणपत्र झुट्टा रहेको पुष्टि भएको आयोगले जनाएको छ।
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवनचन्द्र झाका अनुसार बुधबार राति करिब १२ बजेतिर काभ्रेको तेमालबाट सूर्यविनायक बस्दै आएका ८२ वर्षीय दमका बिरामीलाई आफन्तले अस्पताल ल्याएका थिए। ती बिरामीलाई सोही दिन उपचारपछि डिस्चार्ज गरिएको थियो।
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत भई प्राप्त सूचनाअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको प्रस्तावित संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण प्रतिवेदनमा यस्तो व्यवस्था गरिएको हो।
शुक्रबार, साउन १५, २०८३
नर्सिङ अभियन्ता ज्योति रानाभाटको सत्याग्रह दोस्रो दिन पनि जारी, वार्तामा नआएको मन्त्रालयको दाबी
रानाभाटले उठाएका प्रमुख मागमा सरकारी, निजी तथा मेडिकल कलेजमा कार्यरत नर्स र मिडवाइफका लागि नेपाल सरकारको भन्दा कम नहुने न्यूनतम पारिश्रमिक तथा सेवा–सुविधाको कानुनी सुनिश्चितता, वैज्ञानिक मापदण्डअनुसार पर्याप्त दरबन्दी सिर्जना, नर्सिङ तथा मिडवाइफ्री सेवा ऐनको तत्काल निर्माण, करार प्रथाको अन्त्य, समान पदोन्नति र नेतृत्वको अवसर, प्रमुख नर्सिङ तथा मिडवाइफ्री अधिकृतको व्यवस्था, उच्च जोखिमयुक्त विभागमा कार्यरत नर्सका लागि जोखिम भत्ता, नर्सिङ अडिट प्रणाली, सुरक्षित कार्य वातावरण तथा सम्मानजनक मातृत्व सेवाको व्यवस्था समावेश छन्।
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
हुप आधुनिक पहिरिने स्वास्थ्य प्रविधि हो, जसले शरीरका जैविक संकेतहरूको निरन्तर निगरानी गरी निद्रा, व्यायाम, पुनःस्थापना अवस्था, तनाव र मुटुको स्वास्थ्यबारे विस्तृत जानकारी उपलब्ध गराउँछ। कृत्रिम बुद्धिमत्तामा आधारित यसको विश्लेषण प्रणालीले प्रत्येक प्रयोगकर्ताको अवस्थाअनुसार व्यक्तिगत सुझाव दिने भएकाले खेलाडीदेखि सामान्य स्वास्थ्यप्रति सचेत व्यक्तिसम्मका लागि उपयोगी उपकरण मानिन्छ।
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्य समता शुल्क औपचारिक रुपमा खारेज, यसअघि उठाइएको १५ दिनभित्र फिर्ता दिइने
अर्थ मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आर्थिक ऐन, २०५३ को दफा १८ को उपदफा (१) बमोजिम सरकारले आर्थिक ऐनको दफा १७ अन्तर्गत लगाइएको स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो। साथै, दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क पनि पूर्ण रूपमा छुट दिइने उल्लेख गरिएको छ।
बिहीबार, साउन १४, २०८३
सरकारले डा गोविन्द केसीसँग गरेका केही सम्झौता नसच्याए एमडी/एमएसको बढाइएको 'स्टाइपेन्ड' रोक्ने निजी मेडिकल कलेजको चेतावनी
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई बिहीबार पठाएको पत्रमा एसोसिएसनले नेपाल सरकार र एक पक्षबीच २०८३ साउन ११ गते भएको भनिएको सहमतिपत्रका बुँदा नम्बर (३) र (४) प्रति गम्भीर असहमति जनाएको छ। ती बुँदाले सरकार, नेपाल मेडिकल एसोसिएसन र निजी मेडिकल कलेजबीच यसअघि भएका भद्र सहमति तथा सम्झौता एकतर्फी रूपमा उल्लंघन गरेको दाबी गरिएको छ।
बिहीबार, साउन १४, २०८३
त्रसित मानसिकतामा चिकित्सकले कसरी सेवा दिन सक्छन् : सांसद थापा
बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद थापाले डा. प्रमोद राममाथि भएको कुटपिटपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएको र त्यसपछि सरकार तथा नेपाल चिकित्सक संघबीच भएको वार्ता सकारात्मक भएको बताए। उनले आजैदेखि देशभर ओपीडीलगायत सम्पूर्ण स्वास्थ्य सेवा पुनः सञ्चालनमा आएकोमा सरकार र नेपाल चिकित्सक संघलाई धन्यवादसमेत दिए।
बिहीबार, साउन १४, २०८३
प्राडा. बुद्धिबहादुर थापालाई ‘राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिभा सम्मान–२०८३’ प्रदान
बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन, नेपालको आयोजनामा आइतबार धरहरा परिसरस्थित भीमसेन स्तम्भमा सम्पन्न स्मृति सभामा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले प्रा. डा. थापा तथा साहित्यकार एवं गीतकार राजेन्द्र थापालाई उक्त सम्मान प्रदान गरे।
बिहीबार, साउन १४, २०८३
डा. भूपेन्द्र कुमार बस्नेतलाई दीर्घ सेवा पदक प्रदान
विक्रम संवत् २०५६ सालमा चिकित्सकका रूपमा नेपाल सरकारको सेवा सुरु गरेका उनले सरकारी सेवामा आफूले २७ वर्ष बिताइसकेको बताए। लामो समय चिकित्सा क्षेत्रमा गरेको योगदानको कदर हुँदा एकदमै खुसी लागेको उनले बताए।
बिहीबार, साउन १४, २०८३
अत्याधुनिक प्रविधिबाट मुटुका तीन वटा भल्भको जटिल र दुर्लभ शल्यक्रिया सफलतापूर्वक सम्पन्न
अस्पतालका कार्डियाक विभाग प्रमुख डा. अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यक्रिया करिब ३ घण्टा लगाएर सम्पन्न गरिएको थियो। नयाँ प्रविधिको प्रयोग गरेर नेपालमा मुटुको यस्तो जटिल र दुर्लभ शल्यक्रिया गरिएको यो पहिलोपटक भएको डा. भट्टराईले जानकारी दिए।anil
बिहीबार, साउन १४, २०८३
स्वास्थ्य बीमालाई स्वास्थ्य क्षेत्र सुधारको ‘मियो’ बनाउने नवनियुक्त अध्यक्ष डा. प्याकुरेलको प्रतिबद्धता
अध्यक्षको जिम्मेवारी सम्हाल्दै डा. प्याकुरेलले स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न नियामक निकायलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि स्वास्थ्य बीमाले ‘मियो’का रूपमा काम गर्न सक्ने धारणा व्यक्त गरे।
बिहीबार, साउन १४, २०८३
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदका लागि आवेदन दिने उम्मेदवारमध्ये डा. प्याकुरेल स्वास्थ्य बीमा कार्यक्रमको सुरुवातदेखि नै यसको सुदृढीकरणका पक्षमा निरन्तर लेखन र वकालत गर्दै आएका व्यक्तित्वका रूपमा परिचित छन्। उनी स्वास्थ्य क्षेत्र सुधार तथा स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी र दिगो बनाउन सक्रिय रूपमा संलग्न रहँदै आएका छन्।
बिहीबार, साउन १४, २०८३
अमेरिकामा रक्त आपूर्ति संकट ‘गम्भीर’ स्तरमा, रेडक्रसको १५० वर्षे इतिहासमै दोस्रो पटक यस्तो अवस्था
क्यानडियन ब्लड सर्भिसेजले गर्मीयाममा सामान्य रूपमा रक्तदान घट्ने भए पनि यसपटक अपेक्षाभन्दा धेरै कम दाता आएका जनाएको छ। केही रक्त समूहको मौज्दात निकै न्यून स्तरमा पुगेको र यो अवस्था लामो समय रहिरहे बिरामीको उपचारमा गम्भीर असर पर्न सक्ने चेतावनी संस्थाले दिएको छ।
बिहीबार, साउन १४, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
नेपालमा अधिकांश स्वास्थ्यकर्मी आन्दोलनहरू सरकारी अस्पतालहरूमा केन्द्रित हुने गरेका छन्। सरकारी अस्पतालहरू ती स्थान हुन् जहाँ आर्थिक रूपमा कमजोर र सीमान्तकृत नागरिक उपचारका लागि निर्भर हुन्छन्। निजी अस्पतालमा उपचार गर्न सक्ने आर्थिक क्षमता भएका मानिसहरूले विकल्प खोज्न सक्छन्; तर दैनिक ज्यालादारी गर्ने मजदुर, ग्रामीण क्षेत्रबाट आएका बिरामी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति वा दीर्घरोगीहरू कहाँ जाने?
बिहीबार, साउन १४, २०८३
भ्रामक औषधि विज्ञापन रोक्न विज्ञापन बोर्डलाई आयुर्वेद चिकित्सक संघको आग्रह
संघले विज्ञापन बोर्डसँग गैरकानुनी औषधिको विज्ञापन गर्ने व्यक्ति, कलाकार, इन्फ्लुएन्सर, सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सीमाथि कानुनबमोजिम कारबाही अघि बढाउन, बिरामीको व्यक्तिगत स्वास्थ्य विवरण विज्ञापनमा प्रयोग गर्न रोक लगाउन, स्वास्थ्यसम्बन्धी विज्ञापन प्रसारणअघि सम्बन्धित निकायको स्वीकृति सुनिश्चित गर्ने संयन्त्र विकास गर्न तथा सञ्चारमाध्यम र डिजिटल प्लेटफर्मको जिम्मेवारी स्पष्ट पार्ने निर्देशन जारी गर्न माग गरेको छ।
बिहीबार, साउन १४, २०८३
इन्टर्न चिकित्सक र नर्सिङ अभियन्ताद्वारा आन्दोलनको चेतावनी, माग पूरा नभए अनशनमा बस्ने घोषणा
स्वास्थ्य क्षेत्रमा पछिल्ला दिनमा आन्दोलनको श्रृंखला देखिन थालेपछि सरकारमाथि स्वास्थ्यकर्मीका माग सम्बोधन गर्न दबाब बढेको छ। इन्टर्न चिकित्सकका तर्फबाट अभियन्ता डिल्ली हरिजन र नर्सिङ क्षेत्रका तर्फबाट अभियन्ता ज्योति रानाभाटले माग पूरा नभए अनशनसहितका कडा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।
बिहीबार, साउन १४, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच भएको ५ बुँदे सहमतिप्रति उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ज्योति बानियाँले असन्तुष्टि जनाउँदै यसलाई कार्यान्वयन नगर्न माग गरेका छन्।
बुधबार, साउन १३, २०८३
सरकार र चिकित्सक संघ सहमति : के भयो उपलब्धि?
यस सहमतिको सबैभन्दा ठूलो उपलब्धि आन्दोलन टुंगिनु मात्र होइन, चिकित्सक सुरक्षालाई फेरि राष्ट्रिय नीतिगत एजेन्डामा स्थापित गर्नु हो। सरकारले पहिलो पटक कानुन संशोधन, उपभोक्ता संरक्षण ऐन पुनरावलोकन र पुराना सम्झौताको कार्यान्वयनलाई एउटै सहमतिपत्रमा समेटेको छ।
बुधबार, साउन १३, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको गहन छलफलपछि दुवै पक्षबीच सहमति बनेको हो। सहमति वार्तामा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूसँगै गृह र कानुन मन्त्रालयका उच्च प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
बुधबार, साउन १३, २०८३
स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा सरे
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले छरिएर रहेका आफ्ना निकायहरूलाई एउटै छानामुनि केन्द्रित गर्ने प्रक्रिया अघि बढाएको छ।
बुधबार, साउन १३, २०८३
चिकित्सक आन्दोलनपछि पर्साका प्रहरी प्रमुख फेरिए
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहार र सांघातिक आक्रमणको घटनापछि चर्किएको आन्दोलनका बीच पर्साका प्रहरी प्रमुख (एसपी) सुदीप पाठकको सरुवा भएको छ। चिकित्सक वार्ता टोलीले प्रमुख जिल्ला अधिकारी (सिडियो) र प्रहरी प्रमुखको सरुवालाई प्रमुख सर्त बनाएपछि गृह प्रशासनले एसपी पाठकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानेको हो।
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढीको बजेट स्वीकृत
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले उक्त बजेट पारित गरेको हो। बजेटमा नेपाल सरकारबाट विनियोजित रु. पाँच अर्ब ९९ करोड २१ लाख र आयोगको आन्तरिक स्रोततर्फको रु. ५६ करोड चार लाख ९८ हजार समावेश छ।
बुधबार, साउन १३, २०८३
चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच छलफल हुँदै
कार्यस्थलमा चिकित्सकमाथि सांघातिक आक्रमण भएको विरोधमा आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधिबीच छलफल हुने भएको छ। चिकित्सकहरूको सुरक्षाको भरपर्दो ग्यारेन्टी हुनुपर्ने मुख्य मागसहित दुई पक्षबीच अहिले मन्त्रालयमा छलफल सुरु हुन लागेको हो।
बुधबार, साउन १३, २०८३
Previous
16
17
18
19
20
Next
सर्च गर्नुहोस्
×
Search