काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका पदाधिकारी नियुक्त हुने भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिष्ठानका रिक्त पदाधिकारीमा डा धर्मदत्त सुवेदी, प्रकाश चन्द्र खत्री, डा विजयविक्रम विष्ट र डा सन्दिप श्रेष्ठलाई नियुक्त गर्न लागेकी हुन्।
प्रतिष्ठानको शिक्षाध्यक्षमा डा धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाश चन्द्र खत्री, निर्देशकका डा विजय विक्रम विष्ट र डिनमा डा सन्दिप श्रेष्ठ नियुक्त हुँदैछन्।
नवनियुक्त हुने पदाधिकारीलाई आजै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सपथ गराउने कार्यक्रम रहेको छ।
पदाधिकारी नियुक्तिसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्वमा रहेका रिक्त पदहरू पूर्ति हुनेछन्।