मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Thu, Sep 24, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा
यसका लागि मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति मार्फत सम्बन्धित सबै सरोकारवाला निकायसँग चरणबद्ध बैठक तथा परामर्शलाई निरन्तरता दिएको छ। मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुनी,नीतिगत तथा संस्थागत सुधारका विषयमा गृह मन्त्रालय,नेपाल मेडिकल काउन्सिल,नेपाल नर्सिङ परिषद्,नेपाल चिकित्सक सङ्घ,नेपाल स्वास्थ्य प्राविधिक सङ्घ,नेपाल आयुर्वेद चिकित्सक सङ्घ,नेपाल नर्सिङ सङ्घ तथा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल लगायतका निकायसँग निरन्तर छलफल भइरहेको छ।
बुधबार, साउन १३, २०८३
नाफामा जान थाल्यो नेपाल औषधि लिमिटेड
कुनै समय एक सय प्रकारका औषधि उत्पादन गरिरहेको नेपाल औषधि लिमिटेडले हाल १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ। सिटामोल, जीवनजल, फोलिक एसिड, हेमोडायलासिसका लागि आवश्यक तरल पदार्थ, ग्लिसिरिनलगायतका औषधि तथा सामग्री हाल उत्पादन भइरहेको पनेरुले बताए।
बुधबार, साउन १३, २०८३
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
भारतले पछिल्लो एक दशकमा मेडिकल कलेज र अध्ययन सिट उल्लेखनीय रूपमा विस्तार गरेको छ । उद्देश्य स्पष्ट छ—आन्तरिक आवश्यकता पूरा गर्नुका साथै अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा बजारमा आफ्नो उपस्थिति बलियो बनाउनु । नेपालले पनि यही अवसरलाई उपयोग गर्नुपर्ने हो । विदेशी विद्यार्थीलाई आकर्षित गर्न सकियो भने यसबाट विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, अनुसन्धान विस्तार तथा विश्वविद्यालयहरूको आर्थिक सुदृढीकरणमा ठूलो योगदान पुग्न सक्छ । तर, विडम्बना राज्यको नीति निर्माणमा रहेकाहरूले भएकाको भूमिका हेर्दा आफ्नो घरमा आगो सल्काएर छिमेकीको घरमा ताप्न जाने जस्तो भयो ।
बुधबार, साउन १३, २०८३
हाम्रो आन्दोलन कहिलेसम्म चल्छ भन्ने कुरा राज्यको कदममा निर्भर छ : डा बद्रि रिजाल, अध्यक्ष नेपाल चिकित्सक संघ
‘हाम्रो सहकर्मी चिकित्सक इमर्जेन्सीमा आफ्नो कर्तव्य निभाइरहेका बेला सांघातिक आक्रमणमा परेर टाउकोमा गम्भीर चोट लाग्यो र गर्दनको हड्डीमा समेत चोट लागेपछि उहाँ अहिले आईसीयूमा उपचाररत हुनुहुन्छ,’ डा. रिजालले भने, ‘यस्तो घटना भएपछि चिकित्सकहरू असुरक्षित भएका छन्। त्यसैले चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षित भएर काम गर्न पाउनुपर्छ भन्ने मुख्य मागसहित हामी आन्दोलनमा उत्रिएका हौं।’
बुधबार, साउन १३, २०८३
नारायणी अस्पताल घटनाको विरोधमा माइतीघरमा चिकित्सकको प्रदर्शन
नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका चिकित्सकहरूले लगातार दोस्रो दिन पनि ओपीडी सेवा बन्द गरेका छन्। आकस्मिक तथा अत्यावश्यक सेवा भने सञ्चालनमै रहेको चिकित्सकहरूले बताएका छन्।
बुधबार, साउन १३, २०८३
बन्दलाई 'बन्द' गरेर आन्दोलन 'खुला' राख्न पनि त सकिएला !
नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि भएको कुटपिट निन्दनीय मात्र होइन, कानुनी राज्यमाथिको चुनौती पनि हो। कुनै पनि मृत्यु दुःखद हुन्छ। तर उपचारको क्रममा भएको प्रत्येक मृत्यु स्वतः चिकित्सकीय लापरवाहीको प्रमाण हुँदैन। वैज्ञानिक प्रक्रियाले टुंग्याउनुपर्ने विषयलाई भीडको आक्रोशले फैसला गर्ने प्रवृत्तिले स्वास्थ्य प्रणालीलाई झन् असुरक्षित बनाइरहेको छ। यदि अस्पतालभित्रै चिकित्सक सुरक्षित छैनन् भने अन्ततः असुरक्षित बिरामी नै हुनेछन्।
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना बिदा प्रस्ताव
प्रस्तावित संशोधनले आमा तथा नवजात शिशुको स्वास्थ्य संरक्षण, स्तनपान प्रवर्द्धन र प्रसूति पश्चात् आमालाई पर्याप्त आराम तथा हेरचाहको अवसर उपलब्ध गराउने उद्देश्य राखेको मन्त्रालयले जनाएको छ। प्राप्त सुझाव अध्ययनपछि विधेयकलाई अन्तिम रूप दिई संघीय संसद्मा दर्ता गर्ने तयारी सरकारको छ।
मंगलबार, साउन १२, २०८३
कलेजोलाई गम्भीर असर पुर्याउने हेपाटाइटिसबाट कसरी जोगिने?
हरेक वर्ष जुलाई २८ का दिन विश्व हेपाटाइटिस दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘लेट्स ब्रेक इट डाउन’ भन्ने छ । अर्थात् हेपाटाइटिसको शृंखलालाई तोड्न सचेतना फैलाउनु नै यस दिवसको उद्देश्य हो । त्यसैले समयमै परीक्षण र सावधानी अपनाउनु नै बुद्धिमानी हुन्छ ।
मंगलबार, साउन १२, २०८३
डाक्टरमाथिको हिंसा अन्त्य गरौँ, स्वास्थ्यकर्मीको सम्मान गरौँ
चिकित्सा विज्ञान प्रमाण, अनुसन्धान, अनुभव र समयका आधारमा अघि बढ्छ। चिकित्सक भगवान् होइनन्। उहाँहरूको जिम्मेवारी सही मूल्याङ्कन गर्नु, आवश्यक परीक्षण गर्नु, समयमै उपचार सुरु गर्नु र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै जीवन बचाउने हरसम्भव प्रयास गर्नु हो।
मंगलबार, साउन १२, २०८३
विश्वका शीर्ष १० विज्ञमा परे बीपी प्रतिष्ठानका डा. अजय यादव, आईडीएफको उच्चस्तरीय समितिमा चयन
डा. यादव लामो समयदेखि मधुमेहको उपचार, परामर्श तथा रोकथामका क्षेत्रमा सक्रिय छन्। उनले रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल तथा विभिन्न जनचेतनामूलक कार्यक्रममार्फत मधुमेह रोकथाम र स्वस्थ जीवनशैलीबारे जनचेतना अभिवृद्धिमा निरन्तर योगदान दिँदै आएका छन्। प्रतिष्ठानका अनुसार उनको यही दीर्घकालीन समर्पण र विशेषज्ञताका कारण उनले अन्तर्राष्ट्रिय स्तरको यो महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका हुन्।
मंगलबार, साउन १२, २०८३
मेयरका छोरा डा. यादवले साउन १२ मै गरे २८ गतेसम्मको हाजिर
सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डाक्टर लुस्युनकुमार यादवले साउन १२ गते नै साउन २८ गतेसम्मको हाजिर गरेको भेटिएको छ।
मंगलबार, साउन १२, २०८३
एम्बुलेन्स निजी नियन्त्रणमा राखेको आरोपमा पूर्व वडा अध्यक्षविरुद्ध १५ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्दै भारतीय राजदूतावासको सहयोगमा प्राप्त एम्बुलेन्सलाई सरकारी अभिलेखमा दाखिला नगरी निजी नियन्त्रणमा राखेर सञ्चालन गरेको तथा त्यसबाट प्राप्त आम्दानी सरकारी कोषमा दाखिला नगरेको आरोप लगाएको हो।
मंगलबार, साउन १२, २०८३
स्वास्थ्यकर्मीको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह
थापाले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनालाई अत्यन्तै दुःखद र निन्दनीय भएको बताएका छन्।
मंगलबार, साउन १२, २०८३
अस्पतालमा ओपिडी सेवा ठप्प, पालना भएन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं उपत्यकाका प्रमुख अस्पतालहरू वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताललगायतमा ओपिडी सेवा बन्द हुँदा टाढाटाढाबाट उपचारका लागि अस्पताल पुगेका बिरामी अलपत्र परेका हुन्। अस्पतालहरूले ओपिडी टिकट दिने स्थानमा सेवा बन्दको सूचना टाँसेका छन्।
मंगलबार, साउन १२, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने
ऐनअनुसार समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने,गृह मन्त्रालयलगायत सम्बन्धित निकायबीच समन्वय गर्ने,सुरक्षा नीतिका विषयमा नेपाल सरकारलाई सुझाव दिने,सुरक्षामा प्रतिकूल असर पार्ने घटनाको जाँचबुझ गर्ने वा गराउने तथा अनुसन्धानमा सहयोग गर्ने अधिकार पाएको छ। अदालतको फैसला बमोजिम क्षतिपूर्तिसम्बन्धी व्यवस्था कार्यान्वयन गराउने जिम्मेवारी पनि समितिकै हुनेछ।
मंगलबार, साउन १२, २०८३
प्रसिद्ध औषधि कम्पनी जोनसन एन्ड जोनसनद्वारा मुद्दा टुंग्याउन ५.५ अर्ब अमेरिकी डलरसम्म तिर्ने प्रस्ताव
जोनसन एन्ड जोनसनले यी सबै आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ। कम्पनीका अनुसार उसका टाल्कयुक्त उत्पादनहरूले क्यान्सर गराउँदैनन्। साथै, कम्पनीले आफ्नो लोकप्रिय बेबी पाउडरको सूत्र (फर्मुला) समेत परिवर्तन गरिसकेको जनाएको छ।
मंगलबार, साउन १२, २०८३
सामूहिक राजीनामाको तयारीमा नारायणी अस्पतालका चिकित्सक, हस्ताक्षर संकलन सुरु
अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार चिकित्सकमाथि भएको कुटपिट, त्यसपछिको आन्दोलन र प्रशासनसँगको वार्ताका क्रममा भएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै चिकित्सकहरूले सामूहिक राजीनामाको प्रक्रिया अघि बढाएका हुन्।
मंगलबार, साउन १२, २०८३
स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
मंगलबार, साउन १२, २०८३
नारायणी घटना: देशभर आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा, स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भइरहेका आक्रमण, कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढिरहेको उल्लेख गरिएको छ।
मंगलबार, साउन १२, २०८३
एउटै औषधि, फरक कम्पनी : मूल्यमा किन यति ठूलो अन्तर ?
नेपालमा औषधि व्यवस्था विभागले औषधि ऐन, २०३५ को दफा २६ बमोजिम नेपाल सरकार (मन्त्रीस्तर) को वि.सं. २०६४ असोज १० गतेको निर्णयानुसार औषधि मूल्य अनुगमन समितिको बैठकबाट २१ प्रकारका र २०७२ असार २१ गतेको निर्णयले थप ९६ प्रकारका गरी जम्मा ११७ प्रकारका अत्यावश्यक औषधिको अधिकतम खुद्रा मूल्य (MRP) निर्धारण गरेको थियो।
मंगलबार, साउन १२, २०८३
वीर अस्पतालको वार्षिकोत्सव: यस्तो छ १३७ वर्षअघिको मन्तव्य
काठमाडौंका रानीपोखरीनिर हस्पिटल खोलिएको छ। आफ्ना रैती दुनिञांहरुले औषधि नपाई साह्रै दुख पाउँदा रहेछं भन्या जाहेर हुंदा यो हस्पीतल राखि बक्सेको हो। याहाँका रैतिहरु लाई मात्र निगाह भयाको होईन की तराईमा पनि औषधि न पाई धेरै मानिसको नोक्सान भयाको जाहेर भयाको हुनाले तराईमा पनी पीवी नाउँ राखी हस्पीतल खडा गरी वक्सी आफ्ना रैती दुनीञांको एक खर्च नभै अषधि गर्न पाउन्या छन्।
मंगलबार, साउन १२, २०८३
वीर अस्पतालदेखि न्याम्ससम्म: १३७ वर्षको गौरव, उपलब्धि र अबको बाटो
सुदृढ नेतृत्व, स्पष्ट नीति, पारदर्शी प्रशासन, अनुसन्धानमुखी शिक्षा, प्रविधिमैत्री सेवा र बिरामीकेन्द्रित व्यवस्थापनमार्फत मात्र वीर अस्पतालले आफ्नो १३७ वर्षको इतिहासलाई आगामी शताब्दीको सफल यात्रामा रूपान्तरण गर्न सक्छ।
मंगलबार, साउन १२, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सरकार र डा केसीको सहमतिपछि निजी संस्थामा सिट बढ्ने छैन। सहमति पत्रमा चिकित्सा शिक्षातर्फ 'निजी शिक्षण संस्थामा सिट वृद्धि गरिने छैन तर सार्वजनिक शिक्षण संस्थाको सिट संख्या वृद्धि गर्न बाधा पर्ने छैन' भन्ने प्रस्ट उल्लेख गरिएको छ।
सोमबार, साउन ११, २०८३
डा. केसीसँग ७ बुँदे सहमति, तोडियो अनसन
स्वास्थ्य क्षेत्रको सुधार र विगतका सम्झौता कार्यान्वयनको माग राख्दै धनगढीमा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ। सहमति भएसँगै डा. केसीले आफ्नो अनसन तोडेका छन्।
सोमबार, साउन ११, २०८३
नारायणी अस्पताल घटना: घाइते डा. प्रमोदलाई ट्रमा सेन्टरमा ल्याइयो
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशन दिएकी छिन्।
सोमबार, साउन ११, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
डा. चन्दले आफ्नो नियुक्ति खुला प्रतिस्पर्धाबाट भएको उल्लेख गर्दै कुनै तथ्य, प्रमाण वा कानुनी आधारबिना राजीनामा माग्नु न्यायसंगत नहुने बताए। उनले शिक्षा मन्त्रालयको सार्वजनिक विज्ञापनअनुसार भएको प्रतिस्पर्धामा १९ जना उम्मेदवारमध्ये आफू पहिलो स्थानमा छनोट भएर रजिस्ट्रार नियुक्त भएको दाबी गरेका छन्।
सोमबार, साउन ११, २०८३
नारायणी अस्पताल घटनाप्रति मन्त्रालयको ध्यानाकर्षण: दोषीमाथि कारबाही र सेवा सुचारु गर्न आग्रह
नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको दुःखद निधन भएको घटना तथा त्यसपछि उत्पन्न परिस्थितिप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार, साउन ११, २०८३
डा. केसी–सरकार वार्ता : गेटाका पदाधिकारीको नियुक्ति र मेडिकल कलेजको सिट विवादमा निकास खोजिँदै
आइतबार वार्ताकै क्रममा सरकारी वार्ता टोलीका एक सदस्यले शिक्षा मन्त्री सस्मित पोखरेलसँग यस विषयमा छलफल गरेका थिए। मन्त्री पदाधिकारी हटाउने विषयमा सकारात्मक रहे पनि नियुक्तिपूर्व लिइएको भनिएको राजीनामा पत्र तत्काल प्रयोग गर्ने विकल्प व्यवहारिक रूपमा कठिन देखिएको स्रोतले जनाएको छ।
सोमबार, साउन ११, २०८३
नेपालमा क्यान्सरको बढ्दो भार: नयाँ तथ्याङ्कले औंल्यायो क्यान्सर नियन्त्रणमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता
यसले आगामी वर्षहरूमा नेपालले क्यान्सर रोकथाम, स्क्रिनिङ, प्रारम्भिक पहिचान, शल्यचिकित्सा, प्याथोलोजी, रेडियोथेरापी, औषधीय उपचार, दीर्घकालीन अनुगमन, तथा प्यालिएटिभ केयरमा उल्लेखनीय लगानी गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
सोमबार, साउन ११, २०८३
धनगढीका मेयर गोपी हमालको घोषणा- गेटामा यही वर्ष एमबीबीएस पढाइ सुरु नभए म अनशन बस्छु
विश्वविद्यालयका पदाधिकारी को हुने वा नहुने भन्ने विषयभन्दा पनि समयमै शैक्षिक कार्यक्रम सञ्चालन हुनु नै सबैभन्दा महत्वपूर्ण रहेको उनको भनाइ छ। 'पदाधिकारी को हुन्छन् वा हुँदैनन् भन्ने कुरा सुदूरपश्चिमका जनताका लागि मुख्य विषय होइन। हाम्रो प्राथमिकता यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन सुरु हुनु हो,' उनले भने।
सोमबार, साउन ११, २०८३
Previous
17
18
19
20
21
Next
सर्च गर्नुहोस्
×
Search