काठमाडौं - जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका थप दुई जनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीका १८ वर्षीया दिपक साउद तथा नुवाकोटका २७ वर्षीया शुभराज बलामी श्रेष्ठ रहेका छन्।
शुक्रबार साँझ र शनिबार बिहान उनीहरुको मृत्यु भएको उपचारमा संलग्न प्राडा राजीव झाले स्वास्थ्यखबरलाई बताए। ‘दुवै जनालाई टाउकोमा गोली लागेको थियो, उपचारमा आउने क्रममा पहिचान नखुलेपनि हाल उनीहरुको पहिचान समेत खुलेको छ,' डा झाले भने।
उनीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गरिएपनि बचाउन नसकिएको डा झाले बताए । चाबहिल चुच्चेपाटीमा रहेको भाटभटेनीमा आज बिहान मात्रै ६ शव फेला परेका छन् । हालसम्म जेनजी आन्दोलनमा मृतकको संख्या ७२ पुगेको छ ।