काठमाडौं- जेनजी युवाहरूको प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई भेट्न नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की विभिन्न अस्पताल पुगेकी छन् ।
उनले सिभिल, वीर र ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूलाई भेटेकी छिन्।
घाइतेहरु भेटपछि आन्दोलनका क्रममा क्षति पुगेका विभिन्न प्रहरी चौकी र वृत्तको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको मृत्यु पुष्टि भएको भने सयौं घाइतेहरूको उपचाररत छन्।