काठमाडौं - जेनजी डक्टर्स एशोसिएसनका नाममा विज्ञप्ति जारी गरिएको छ। स्वास्थ्य क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेप र दलगत भागबण्डाविरुद्ध आपत्ति जनाउँदै सात बुँदे माग सार्वजनिक गरेको छ।
आइतबार जारी विज्ञप्तिमा एशोसिएसनले भनेको छ, 'देशका अस्पताल र मेडिकल कलेजहरू जनताको जीवन रक्षा गर्ने स्थान हुन्, तर आज ती संस्थाहरू दलगत स्वार्थ र भागबण्डाको थलो बनेका छन्।'
एशोसिएसनले योग्यता र दक्षतालाई बेवास्ता गरेर गरिएको राजनीतिक नियुक्तिले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रणाली गम्भीर संकटमा परेको बताइएको छ छ।
यस्ता छन् माग
१) योग्यता र दक्षता मिचेर गरिएका सबै राजनीतिक रुपमा नियुक्त पदाधिकारीहरूको तत्काल राजीनामा
२). स्वास्थ्य मन्त्री स्वास्थ्य क्षेत्र / मेडिकल फ्रेटर्निटीबाट होस ।
३) नेपाल मेडिकल काउन्सिल (NMC) र नेपाल मेडिकल एसोसिएसन (NMA) लाई दल- नियन्त्रणबाट स्वतन्त्र गरियोस् ।
४) सबै दल - सम्बद्ध चिकित्सक संगठनहरु तुरुन्त विघटन गरियोस् ।
५) योग्यता र पारदर्शितामा आधारित नियुक्ति प्रक्रिया लागू गरियोस् ।
६) स्वास्थ्य क्षेत्रलाई राजनीति - मुक्त क्षेत्र घोषणा गरियोस् ।
७) स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिसङ्ग भएको सहमती बमोजिमका प्रतिवेदनहरूको कार्यान्वयन तथा अन्य सम्पुर्ण कार्यहरु तत्काल सम्पन्न गरियोस ।
-1757832663.jpg)