काठमाडौँ- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त हुनुभएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.रविराम श्रेष्ठ,रजिस्ट्रारमा डा.ममता भट्टराई कोइराला र डिनमा डा.विकास विक्रम सिंह अधिकारी नियुक्त भएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्तनवनियुक्त पदाधिकारीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।