काठमाडौं– कलेजो प्रत्यारोपण विशेषज्ञ डा. रमेश सिंह भण्डारीले बाढीपीडितको सहयोगका लागि सांगीतिक कन्सर्ट आयोजना गरेका छन्।
त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण विज्ञका रूपमा कार्यरत डा. भण्डारीले शनिबार काठमाडौंको ठमेलस्थित नोभा क्लबमा कन्सर्ट गरेका हुन्।
कन्सर्टमा उनले आफ्ना साथै विभिन्न चर्चित ब्यान्डले प्रस्तुत गरेका गीतहरू गाएका थिए। चिकित्सकीय पेसासँगै संगीतमा समेत रुचि राख्ने डा. भण्डारीले कन्सर्टबाट संकलित रकम बाढीपीडितको सहयोगमा उपलब्ध गराउने बताए।
बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले कन्सर्ट आयोजना गरिएको उनले बताए। कार्यक्रममा संगीतप्रेमी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
स्वास्थ्य क्षेत्रमा आफ्नो विशेषज्ञ पहिचान बनाएका डा. भण्डारी सांगीतिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्। बाढीपीडितका लागि सहयोग जुटाउने उद्देश्यले गरिएको कन्सर्टलाई उनले सामाजिक उत्तरदायित्वसँग जोडिएको सांगीतिक अभियानका रूपमा लिएका छन्।
-1788764233.jpeg)
-1788764263.jpeg)
-1788764262.jpeg)
-1788764262.jpeg)
-1788764262.jpeg)
-1788764261.jpeg)
-1788764261.jpeg)
-1788764262.jpeg)
-1788764233.jpeg)