काठमाडौं- यतिबेला गायक हेमन्त रानाको ‘साइँली’ गीत सर्वाधिक चर्चामा छ । युट्युबमा उक्त गीत सार्वजनिक भएको दुई सातामै ५० लाखले भन्दा बढीले हेरिसकेका छन् । गीत सार्वजनिक भएको केही दिनपछि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा आध्ययनरत डाक्टरी विद्यार्थीहरुले यसको प्यारोडी बनाएका छन्।
महाराजगन्जस्थित टिचिङ अस्पतालमा एमबिबिएस अध्ययनरत विद्यार्थीहरुले बनाएको उक्त प्यारोडीमा डाक्टरहरुको दुखेसोलाई उतार्ने प्रयास गरिएको छ । ‘साइँली मेडिकल प्यारोडी’को गायक निरज कुमार शर्मा हुन भने गिटारिष्ट यज्ञ राज हुन्।
प्यारोडी गीतको शब्द विकल्प भट्ट र मनबहादुर पौड्यालले लेखेका हुन् । गीतको सम्पादन र मिक्सिङ निसान तिवारी र विकास बरालले गरेका छन् । प्यारोडीको भिडियो खिच्ने सुवास बस्नेत र सुदर्शन आचार्य हुन् । यस्तै प्रकाश ज्ञवाली र बिकास बरालले प्यारोडीका लागि प्राविधिक सहयोग गरेका छन् । प्यारोडीको परिकल्पना विकल्प भट्ट र गोविन्द भण्डारीले गरेका हुन्।
भिडियो
यस्तो छ प्यारोडी गीत
'सुन साइँली साइँली पोष्टिङ सकेसी म आउँला
सुन साइँली साइँली डिएम काटेसी रमाउँला
सुन साइँली साइँली ओपिडीमा प्यासेन्ट हुरुरु, सम्झी कहिले नरुनु
सुन साइँली साइँली घाँटीमा स्टेथ भिरियो, भावीको खेलमा परियो
सुन साइँली साइँली पोष्टिङ सकेसी म आउँला
सुन साइँली साइँली डिएम काटेसी रमाउँला
सुन साइँली साइँली टिचरको गाली गलल, गयो जवानी सलल
सुन साइँली साइँली पोष्टिङ सकेसी म आउँला
सुन साइँली साइँली डिएम काटेसी रमाउँला
सुन साइँली साइँली ओटीमा बस्ने रातभर, झरदछ आँशु बरर
सुन साइँली साइँली पोष्टिङ सकेसी म आउँला
सुन साइँली साइँली डिएम काटेसी रमाउँला
डिएम काटेसी रमाउँला, डिएम काटेसी रमाउँला....'