बिरामीको गालीलाई कसरी पचाउने सोच्न पर्छ।
कुटाइ खाए, आफूलाई कहाँ जँचाउने सोच्न पर्छ।
कति जीवन बचाउने सपना बोकेर डाक्टर पढें,
अहिले त आफ्नै जीवन कसरी बचाउने सोच्न पर्छ।
०००
धेरै लगानी र न्यून पारिश्रमिक, असन्तुष्टि पाइएकै छ।
गाली त दिनहुँ, कुटाइ चाहिँ कहिलेकाहीँ खाइएकै छ।
आफ्नो जीवन धरापमा राखी अरुको कसरी बचाउने?
'जेल विथ आउट बेल' त जसरी पनि चाहिएकै छ।