बहिनी ए बहिनी !
दिनदिनै गुन्जिने यी आवजहरुले
जन–जनमा सेवाका लागि आग्रह बोक्छन्
हिजोदेखि आजसम्म चलेको चलनलाई
भोलीदेखि भाविसम्म चलाउन निरन्तर तीनदशकदेखि !!
अइया ! आत्था ! मरेनी वावा ! जस्ता चित्कार
अनि च्याँच्याँको रुवाईले ल्याएको खुशीपछिको
बच्चाको न्यानो काख जोगाउन निरन्तर तीनदशकदेखि !!
दुईदशक पार नगर्दै दुईजिउकी नहुनु
अनि दुई जिउकी हुँुदा थप दुई छाक नछोड्नु
खाउला लाउँला भन्ने भन्ने उमेरमा
खान लाउन नपाए पनि
निरन्तर तीन दशकदेखि !!
विवाह गर्दा विवेक पुर्याउ
बच्चा जन्माउदा जन्मान्तर मिलाउ
बच्चालाई स्वास्थ्य र शिक्षा दिलाउ
परिवारलाई सुखि र समृद्ध बनाउ
भनिरहेछौ निरन्तर तीन दशकदेखि !!
कहिले गालीको भरमा त
कहिले तालिमको भरमा
म आफैं गरेर देखाउँछु भन्ने बेलामा
तिमीले गरेर देखाइदियौं यो स्वार्थी समाजलाई
निरन्तर तीन दशकदेखि !!
निस्वार्थ भावना, रुपैयाँको लोभमा नपरी
सुन भन्दा मूल्यवान नुन बनाउन उद्धत
सुनलाई छाडेर नुनतर्फको
निरन्तर सेवामा तीन दर्शकदेखि
निलो आकाश भित्रका चारतारा बनेर
रातलाई दिन पार्न घामसँग लडेजस्तै
निरन्तर सेवामा तीनदशकदेखि !!!
बराल ल्वाङ्गघलेल स्वास्थ्य चौकीम हेल्थ असिस्टेन्टका रुपमा कार्यरत छन्।