विचार/ब्लग

कविता : डा साब तपाईंको के जान्छ?

अनिल बहादुर सिंह 

एउटी नेपाली नारी
बलात्कृत भई हत्या भइरहँदा,
कालिकोटका जनता
सिटामोलका लागि लडिरहँदा,
अनि तराईका नेपाली
सितलहरले यमराजको प्यारो भइरहँदा,
हाम्रा माननीयज्यूको केही गएन।
तपाईंको के जान्छ?


र,
उहाँहरुकै भाषामा,
यो गणतान्त्रिक देश हो रे!
जहाँ दुधे बालकको हत्यापछि
अनि सयौं नेपालीको बलीपछि
सांसद बनाइरहँदा
कसैको केही बिग्रेन!
तपाईंको के बिग्रन्छ?


र,
भएको तलब निमुखालाई बाँडेर
अनि जिन्दगीभर सन्त बसेर
जाजरकोटमा औषधि हुनुपर्छ,
गरिबको छोरो डाक्टर हुनुपर्छ,
कानुन सबैलाई एउटै हुनुपर्छ,
भनेर बिनाभोजन बस्ने?
यति सबै नहुँदा
कसैलाई केही फरक परेन।
तपाईंलाई के फरक पर्छ?
कसैको केही बिग्रेन
तपाईंको के बिग्रन्छ?
कसैको केही गएन।
तपाईंको के जान्छ?


तर,
लडिरहनुस् 
देशका लागि
जनताका लागि
हामी तपाईंको साथमा छौं।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने