केही दिनयता सामाजिक सञ्जाल र केही अनलाइनमा मेरो नाम जोडेर भ्रामक खबर फैलाउने काम भइरहेको छ। मलाई बदनाम गराउने नियतले आएका ती समाचार तथा हल्लामा कुनै सत्यता छैन। अहिले बाहिर मेरो नाम जोडिएर जे खबर आइरहेका छन्, ती सबै झुटा हुन्। पेसाले म शल्यचिकित्सक हुँ। बिरामीको सेवा नै मेरो पहिलो धर्म हो।
हाल म नेपाली सेनाको अस्पतालमा कार्यरत छु। मेरो बढुवा रोक्नका लागि केही व्यक्तिले मविरुद्ध षडयन्त्र गरिरहेका छन्। त्यही भएर मविरुद्ध अनर्गल हल्ला चलाएका हुन्। मेरो र डा उदय बज्राचार्यको नाम जोडेर बाहिर आइरहेको समाचारमा विश्वास नगर्न हुन पनि सबैमा अनुरोध गर्दछु।
म आफ्नो पेसाप्रति सधैं इमानदार भएर लागिरहेको छु। पेसागत धर्म र आचारसंहिताबाहिर गएको छैन। बिरामीको उपचार गर्न पाउँदा नै मलाई खुसी लाग्छ। कृपया यस्ता गलत समाचारमा विश्वास नगर्नुहोला। धन्यवाद।
डा सुशील रावल, शल्यचिकित्सक