सायद सामान्य मन्त्रालयलाई रुचि भएन
अझै स्वास्थ्यको समायोजन सूची आएन
स्वास्थ्य मन्त्रालयलाई सुरुमा वास्ता भएन
सामान्य मन्त्रालयलाई अरुमा विश्वास भएन
समायोजनको अंक आयो, अक्षरमा पत्र आएन
किन रोकियो, उच्च पदस्थ कसैलाई थाहा भएन
स्वास्थ्यको फाइल सामान्यलाई सामान्य लागेन
सामान्यमा स्वास्थ्यको केही पनि उपचार लागेन
स्रोत भन्छ- सामान्यमा चलखल गर्न मिलेन
स्वास्थ्यकर्मी भन्छन्- हाम्रो पीडा कसैले बुझेन
अन्ततः कालान्तरमा स्वास्थ्यको फाइल स्वास्थ रहेन
खै को दोषी हो, रोगी फाइलको समयमा उपचार भएन
रोगी फाइलको उपचार स्वास्थ्य मन्त्रालयमा हुँदैछ अहिले
स्वास्थ्यतर्फ समायोजनको पूर्ण सूची आउने हो कहिले
संविधानले निर्दिष्ट गरेको समायोजनमा किन रुचि भएन
स्वास्थ्यकर्मी तनावमा, समायोजन सूची अझै आएन
(धमला इटहरी अस्पतालमा कार्यरत छन्)