महिला स्वास्थ्य स्वयंसेवक हामी
गर्छौं काम घाम पानी नभनी
गर्भवती सुत्केरी भेट्न
गाँउघरमा दिऊँ स्वास्थ्य चेतना
विसिजी, डिपिटी, पोलियो
सधैं स्वास्थ्य सधैंको बलियो
दादुरा र जिआई खोप लगाऊँ है
पूरा गरी सबै रोग भगाऊँ है
गर्भावस्थामा आइरन् खानु है
अस्पतालमा सुत्केरी हुनु है
बालमृत्यु कम हुँदै गाको छ
हामीलाई पनि झन् खुसी लाको छ
विघौती दुध शिशुलाई खुवाउनु
२४ घण्टा नपुगी ननुहाउनु
नाभी मह्लम लगाउनु पर्छ नि
ख्याल गर्नू रगत बग्छ नि
परिवार नियोजन गर्नु
भ्रूण हेरी पतन नगर्नु
गर्भपतन गर्नलाई नमान
खतरामा महिलाको छ ज्यान
-(बस्नेत पोखरा महानगरपालिक-१९ लामाचौर स्वास्थ्य चौकी अन्तर्गत सेवारत छिन्)