स्वास्थ्यसँग सरोकार राख्नेहरु सब
समाज नै स्वास्थ्य बन्ने बाटो खोजौं अब
को त्यो हो जसले, अब खबरदारी गर्छ
स्वास्थ्य सन्देश चेतनाको सिपाही बनून् नर्स
नबुझेरै समाजमा स्वास्थ्य सावधानी
कतिवटा रोग त यसै लाग्दो रै'छ ता'नि
व्याम के हो खाने के हो बुझी जीवनशैली
चेतनाको स्तर माथि उठाउनु छ पै'ली
रोग लागे'सि उपचार गर्ने मात्र होइन
सावधानी अपनाउनुस् भन्ने कोही छैन
समाजलाई चेतनशील बनाउनुपर्छ
यही काम पूरा गर्छन् विद्यालय नर्स
कति धेरै खुसी, कति लाग्थ्यो हर्ष
जतिखेर पायौं हाम्ले विद्यालय नर्स
स्थानीय निकाय र विद्यालय पनि
सबैलाई महसुस भो चाहिने रहेछ भनी
स्कुलमा सर/मिसले जस्तो सिकाउँछन्
घरमा गई विद्यार्थीले त्यस्तै बुझाउँछन्
विद्यार्थीको विश्वासमा पर्छ जुन कुरा
त्यसपछि यस्तो कुरा गर्न खोज्छन् पूरा
स्वस्थ जीवन सुखी जीवन आफ्नो ख्याल गरे
धन भनेको स्वास्थ्य रहेछ भन्ने गर्छन् अरे
घरघरमा जंक फुडलाई हटाउनेछन् जब
स्वस्थ खाना के हो भनी खोज्छन् अनि सब
सानोतिनो रोग लागेर स्कुल छोड्ने पनि
आउँछन् अरे स्कुलमा नर्स हुन्छन् भनी
यौन शिक्षा लगायत अरु जटिल कुरा
काउन्सिलिङले गर्दछन् समस्याको हल
बालविवाह गर्नेदेखि आत्महत्यासम्म
घटेको छ रे गाउँमा कस्तो यो अचम्म
डिप्रेसनको सिकार भएर एक्लै बस्ने खाले
नर्ससँग काउन्सिलिङ गर्न आउन थाले
धन भनेको स्वास्थ्य नै हो सन्देश बाडौं साथी
समाजले विश्वास गर्ने बनाऊँ हामीमाथि
स्वस्थ समाज निर्माण गर्न हामी लागिपरौं
देशैभरका स्कुलमा लौन विस्तार गरौं।
(घिमिरे प्रदेश-३ को सामाजिक विकास मन्त्रालयमा पब्लिक हेल्थ नर्सको रुपमा कार्यरत छिन्।)