समाचार

गोेकर्णेश्वर नगरपालिकाले जारी गर्‍यो कोभिड महामारी नागरिक संहिता

काठमाडौं- गोकर्णेश्वर नगरपालिकाले नागरिकका लागि ‘कोभिड महामारी नागरिक संहिता २०७७’ जारी गरेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणलाई सहज बनाउन भन्दै नगरपालिकाले संहिता जारी गरेको हो । 

यस नागरिक संहिताले नागरिकलाई जिम्मेवार बनाउन सहयोग गर्ने नगरपालिकाको अपेक्षा छ । 

कोभिड रोकथाम र नियन्त्रण सम्बन्धी निर्देशन र अनुरोध पालना गर्ने, कोभिड व्यवस्थापनमा सघाउने, कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र स्वंयसेवीप्रति उच्च सम्मान व्यक्त गर्ने लगायत ६ बुँदा संहितामा उल्लेख छ । 

यस्ता छन्, नगरपालिकाले जारी गरेको संहिता :

१. म सरकारले तोकेका कोभिड रोकथाम र नियन्त्रण सम्बन्धी निर्देशन र अनुरोध पालना गर्न तयार छु

२. म आफ्नो पेशा र क्षमताले भ्याएसम्म आफु सुरक्षित रहदै कोभिड व्यवस्थापनमा सघाउन तयार छु

३. म यस विषम घडीमा खट्टिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र स्वयंसेवीप्रति उच्च सम्मान व्यक्त गर्दछु

४. म कोभिड बिरामी र सम्भावित संक्रमित व्यक्तिहरुप्रति कदापि नकारात्मक दृष्टि राख्ने छैन बल्कि मानवता, स्नेह र बन्धुत्व प्रकट गर्नेछु

५. म आफुमा कोरोना संक्रमणको सम्भावना देखिनासाथ जिम्मेवारपुर्वक छर-छिमेक, जनप्रतिनिधि र नजिकका स्वास्थ्यकर्मीलाई खवर गर्नेछु र परिवार तथा समाजलाई सुरक्षित राख्न मद्दत गर्नेछु

६. यो नागरिक संहिताका बारे धेरैभन्दा धेरैलाई खवर गर्नेछु।

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar
ad
ad
ad
ad

पढ्नै पर्ने