आजभन्दा करिब २६५ वर्ष पहिले १० अप्रिल सन् १७५५ मा जर्मनीको माइसेन सहरमा क्रिश्चियन फ्रेड्रिक स्यामयुल हेनिमेन उदाए। निम्नवर्गिय कुम्हाले परिवारमा जन्मेका हेनिमेनलाई संसारले होमियोप्याथी चिकित्सा पद्दतिको जन्मदाताका रुपमा सम्झन्छ। हेनिमेनका बुबा गोटे हेनिमेनले चिनियाँ माटो (सेरामिक)को भाडाँमा बुट्टा भर्ने काम गरेर परिवारको गर्जो टार्थे। कहिलेकाहीँ उनीहरुलाई हातमुख जोर्न धौधौ पर्थ्यो। त्यसले पनि हेनिमेको बाल्यावस्था बडो कष्टकर थियो। तर अभावले उनको पढ्ने गोरेटो छेक्न सकेन। त्यसकै परिणामस्वरुप हो, २४ बर्षको उमेरमै एलोप्याथीमा (एमडी)को उपाधी हासिल गरे।
एमडी गरे लगत्तै ड्रेसडेनको अस्पतालमा सिभिलसर्जनको रुपमा काम थाले। त्यसपछि उनका १० बर्ष सिभिलसर्जनको पदमै बित्यो। डा हेनिमेन आफ्नो समयको चिकित्सा प्रक्रियामै सहमत थिएनन्। किनभने तितो, कष्टकारी एवं विपरित प्रतिक्रिया (साईडईफेक्ट) उत्पन्न गर्ने औषधिहरुको सेवनबाट रोगको उपचार त हुन्थ्यो। तर शरीरमा विभिन्न थरीका कैयौं नयाँ रोग पनि सँगसँगै उत्पन्न पनि हन्थे। असहमत हुनुमा उनको आफ्नो भोगाइ पनि जोडिएको छ। हेनिमेनले चिकित्सकको रुपमा कार्य गरिरहेकै अवस्थामा उनकी छोरी बिरामी परिन्। हेनिमैन आफैं एक कुशल चिकित्सक भएका कारण आफ्नो छोरीको उपचारमा कुनै किसिमको कमी कमजोरी हुने कुरै भएन। तर, अफसोच हेनिमेनले आफ्नो छोरीलाई कसै गर्दा पनि बचाउन सकेनन्।
त्यसपछि उनलाई तत्कालिन चिकित्सापद्दति एलोप्याथीप्रतिको मोह भंग भयो। यस घटनाले गर्दा उनी यतिसम्म दिक्कदार भएकी एलोप्याथी चिकित्सा क्षेत्र नै छोडदिए। हेनिमेनले चिकित्सकको काम छाडेपछि परिवारको पालनपोषण कसरी गर्ने भने रोजिरोटीको बिषय अगाडि उभिएको थियो। त्यसलाई पुरा गर्नका लागि चिकित्सा एवं विज्ञानका पुस्तकहरुको विभिन्न भाषामा अनुवाद गर्ने काम गर्न थाले। उनलाई ग्रिक, ल्याटिन, अंग्रेजी, ईटालिएन, अरबी, स्पेनिस, फ्रेन्च, जर्मन, सिरियन, हिब्रुसमेत गरी दशवटा भाषामा राम्रो दखल थियो। उनले त्यही क्षमतालाई उपयोग गरे।
सन् १७९० तिरको कुरो हो। त्यसबेलाका नाम चलेका चिकित्सक कुलैनको मेटेरिया मेडिका (औषधीय गुणसंग्रह) पुस्तकलाई अंग्रेजीबाट जर्मन भाषामा अनुवाद गर्ने कार्य उनको जीवनमा टर्निङ प्वाईन्ट बन्यो। एक स्वस्थ्य शरीरमा सिनकोनाको अर्क(एक्सट्राक्ट)को सेवन गर्नाले मलेरिया ज्वरोको जस्तै लक्षण उत्पन्न गर्दछ भन्ने कुराको उनलाई जानकारी भयो। जबकी सिनकोना मलेरिया ज्वरोको महत्वपुर्ण औषधि थियो। यस कुराको गुण दोषलाई पुष्टि गर्न डा हेनिमेनले स्वयं आफैंले औषधिको सेवन गरेका थिए। त्यसपछि उनले चिन्तन मनन् गर्न थाले। यही क्रममा उनको मनमा एउटा विचार उत्पन्न भयो। त्यो के भने सिनकोनाको जस्तै प्रकृतिप्रदत्त अन्य औषधिय पदार्थमा पनि रोगोत्पादक र विनाशक शक्ति अवश्य पनि विद्यमान छ। यसका लागि हेनिमेनले ६ बर्षसम्म अनवरत रुपमा विभिन्न प्रकारका औषधिहरुको सेवन गरेर परिक्षण गरे।
यसै परीक्षणले हेनिमेनलाई लाग्यो सम: समं शमयति अर्थात जसले रोग उत्पन्न गर्दछ उसैलै निको पनि पार्छ। त्यहि औषधि त्यस्तै प्रकारको लक्षणयुक्त भएको रोगी व्यक्तिलाई (शक्तिकृत) रुपमा सुक्ष्म मात्रामा सेवन गराउँनाले आरोग्य प्रदान गर्दछ। अनि उनले सदृश रोगको सदृश चिकित्सा भन्ने नयाँ सिद्धान्तको प्रतिपादन गरे। त्यसपछि समानताले समानताको उपचारलाई व्यवहारिक र स्वभाविक बनाए। त्यसपछि हेनिमेनले परीक्षण, अनुभव तथा शोध गरी रोगको स्थायी चिकित्सा विधि खोज गरे। फलस्वरुप जन्म भयो होमियोप्याथी।
सन् १८औं शताब्दीको अन्ततिर प्रतिपादन भएको चमत्कारी वैज्ञानिक चिकित्सा विधी हो, होमियोप्याथी अर्थात रोगको सदृश चिकित्सा विज्ञान। १७९६ मा जर्मनीको हुकेल्यान डे जर्नलमा उनको निबन्ध प्रकाशित भयो। उक्त निबन्धले दिएको सन्देश चिकित्सा जगतमा एउटा क्रान्ति थियो। त्यसपछि एलोप्याथीक चिकित्सकको एउटा समूह होमियोप्याथिक चिकित्सा सिद्धान्तलाई अंगिकार गर्न थाल्यो। एलोप्याथिक चिकित्सा छाड्ने लहर सिर्जना भयो। विश्वमा उनको बिरोध गर्नेहरुको संख्या पनि ठुलै थियो।
सन् १८०५ ल्याटिन भाषामा हेनिमेनको फ्रागमेनटावेरिमाईक्स नामक अर्को पुस्तक प्रकाशित भयो। सो पुस्तकमा डा हेनिमेनले स्वस्थ्य मानिसको शरीरमाथि परीक्षण गरीएको २७ वटा औषधिहरुको गुण दोषबारे वर्णन गरेका थिए। जुन होमियोप्याथिक चिकित्साको पहिलो मेटेरिया मेडिका (औषधिय लक्षण संग्रह) पुस्तक थियो। सन् १८१० मा आर्गेनन् अफ मेडिसिन नामक ग्रन्थ पनि प्रकाशित भयो। जसमा होमियोप्याथिको मुलभूत सिद्धान्तको वर्णन गरिएको थियो। सो पुस्तकलाई आजपनि उत्तिकै सान्दर्भिक मानिन्छ। यसलाई होमियोप्याथिको गिता पनि भनिन्छ। उनको योगदान यतिमा मात्र सिमित छैन।
स्मरण रहोस, जुन चिकित्सा पद्दतिको आज बोलबाला छ १७औं शताब्दीसम्म त्यसको कुनै पहिचान अर्थात नाम थिएन। सन् १७९६ तिर जर्मन फिजिसियन सेमुयल हेनिमेनले होमियोप्याथी नामक चिकित्सा पद्दतिको खोज गरे। यस भन्दा पहिले एलोप्याथी चिकित्सा पद्दति प्रचलनमा त आएको थियो तर यसले वैश्विक पहिचान पाएको थिएन। विभिन्न देशहरुमा यसलाई भिन्नाभिन्नै नामले सम्बोधन गरिन्थ्यो। अमेरिकामा यसलाई अस्टियोप्याथिक मेडिसिनको नामले चिनिन्थ्यो। सन् १८१० मा होमियोप्याथिका जन्मदाता डा हेनिमेनले यस पद्दतिलाई विपरित चिकित्सा पद्दति भनेर (ऐलोप्याथी) नाम राखे। जसलाई वैश्विक रुपमै आज स्विकृति पाएको छ। यसरी एलोप्याथिक नामाकरण गर्ने पहिलो व्यक्ति हेनिमेन हन्।
सन् १८१२ मा डा हेनिमेनले लिपिजिग विश्वविद्यालयमा होमियोप्याथिक चिकित्साको अध्यापननै गर्न थाले। तर उनी विरुद्ध विभिन्न भ्रम फैलन छाडेन। यतिसम्मकी १८२१ तिर देश निकाला नै माग गरियो। तत्पश्चात उनी कोटेन नगरमा आश्रय लिन पुगे। तर त्यहाँ पुगेर उनले अर्को चम्तकार गरे। त्यो के भने कोटेन नगरका तत्त्तकालिन राजाको दुस्साध्य (क्रोनिक) रोग होमियोप्याथिक उपचारबाट सफलतापूर्वक निको पारिदिए। त्यसपछि रोयल फिजिसियन (राज बैद्य) पदमा बहाल भई काम गर्न थाले। उनी चिकित्सा कार्यको लागि फ्रान्सको राजधानी पेरिस पुगे। सन् १८३० मा एकेडेमी अफ मेडिसिन नामक संस्थाको सचिव समेत बन्न सफल भए। त्यसपछि विश्वभर उनको ख्याति फैलिन थाल्यो। परिस्थिति यस्तो बन्यो की जर्मनीबाट देश निकालाको माग गर्नेहरुले नै आफ्नो भुलको पश्चाताप गरी हेनिमेनलाई स्वदेश फर्कन अह्वान गर्न थाले।
डा हेनिमेन २ जुलाई १८४३ मा होमियोप्याथिक संसारलाई छाडि सदाकालागि विदा भए। त्यसपछि जर्मनीको लिपिजिग नगरमा उनको पित्तलको भव्य प्रतिमूर्ति स्थापना गरियो। होमियोप्याथिकको जन्मदाताको रुपमा उनी सदा अमर रहिरहने छन्। आज चैत्र २८ गतै शनिबार अर्थात १० अप्रिललाई उनकै स्मरणमा विश्व होमियोप्याथिक दिवस मनाइन्छ। आज विश्वले २६६ औं विश्व होमियोप्याथिक दिवस मनाउदैछ। जय हेनिमेन। जय होमियोप्याथी।