काठमाडौं - कोरोनाको हटस्पट बनेको बाँकेमा कोरोना निको भई २९३ जना व्यक्ति डिस्चार्ज भएका छन्।
१२३ महिला र १७० पुरुष गरी २९३ जना डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसिसिएमसी ) बाँकेले जनाएको छ।
डिस्चार्ज हुनेमा ७६ वर्षीय वृद्ध समेत छन्। बाँकेमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ।