काठमाडौं- प्राडा माधव लम्सालको अध्यक्षतामा नेप्लिज एसोसिएसन फर क्लिनिकल केमेस्ट्रीमा नयाँ कार्यसमिति गठन भएको छ। यसैगरी वरिष्ठ उपाध्यक्षमा प्राडा प्रबोध रिसाल र उपाध्यक्षमा डा विजय कुमार शर्मा चयन भएका छन्।
महासचिवमा डा रामविनोद महतो, कोषाध्यक्षमा डा सन्तोष प्रधान र सचिवमा राजुकुमार दुवे चुनिएका छन्।
सदस्यहरुमा डा अस्मिता पोखरेल, डा विजय मिश्र, डा विनोदकुमार यादव, डा विशाल राज जोशी, डा रन्जन सुवाल, डा सरोज थापा, डा श्रवणकुमार मिश्र, बसन्त गेलाल, मनोज सिग्देल, राकेश पोखरेल, सन्तोष सुवेदी, सुमन सापकोट र तपेश्वर यदा चयन भएका छन्।