काठमाडौं- नेपाल रेडियोलोजिष्ट संघको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
कोभिड-१९ का कारण उत्पन्न विशेष परिस्थितिका कारण अनलाइन गरिएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ।
अनलाइन भोटिङबाट चयन गरिएको नयाँ कार्यसमितिमको अध्यक्षमा प्राडा हेन्सन खड्का, उपाध्यक्षमा डा अनामिका झा, महासचिवमा डा सुन्दर सुवाल, सहसचिवमा डा प्रसन्न घिमिरे, कोषाध्यक्षमा डा हरि ओम जोशी, सहकोषाध्यक्षमा डा अभिषेक शाह निर्वाचित भएका छन्।
त्यसैगरी समितिको सदस्यहरुमा डा कल्पना राई, डा विश्वराज बस्ताकोटी र डा तेजेन्द्र कार्की चयन भएका छन्।
यसैगरी, संघका निवर्तमान अध्यक्ष प्रा डा दान बहादुर कार्की नयाँ कार्यसमितिको पदेन सदस्य रहेका छन्।
प्रमुख निर्वाचन अधिकृत प्रा डा स्वयं प्रकाश पण्डित, निर्वाचन अधिकृत द्वय डा सुजित कुमार झा र डा सस्मिता तुलाधर सहितको निर्वाचन समितिले सफलता पुर्वक सम्पन्न गरेको निर्वाचनमा ९९.२ प्रतिशत सहभागिता रहेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।