आज मे ३१ अर्थात् ‘विश्व धूम्रपान रहित दिवस’ हो। विश्व स्वास्थ्य संगठनले सुरु गरेको यो दिवसलाई यसपाली “छोड्नको लागि प्रतिबद्ध” भन्ने नाराका साथ मनाइदै छ।
सूर्तिजन्य पदार्थको सेवनले अहिलेसम्म विश्वमा ठूलो जनस्वास्थ्य संकट परेको छ। यसले विश्वभरी वर्षेनी ८० लाखभन्दा बढी मानिसको ज्यान लिएको छ। यी मध्ये ७० लाखभन्दा बढी मानिसहरू प्रत्यक्ष सूर्तिजन्य पदार्थको प्रयोगले गर्दा हुने गर्छन् भने लगभग १.२ करोड मानिसहरू धूम्रपान नगर्नेहरूको दोस्रो हातको धूम्रपान (second hand smoking) ले गर्दा भएको हो।
सूर्तिजन्य पदार्थको सेवनले पुर्याउने असरहरु के के हुन्?
सबै प्रकारका सूर्तिजन्य पदार्थको सेवन हानिकारक हुन्छन् तरपनि धूम्रपान संसारभरी सबैभन्दा बढी प्रयोग हुने सूर्तिजन्य पदार्थ हो। सूर्तिजन्य पदार्थका अन्य उत्पादनहरूमा पानीको पाइप, धूम्रपान रहित विभिन्न सूर्तिजन्य पदार्थ, सिगार, सिगारिलो, तपाईंको आफ्नै सूर्ति, पाइप चुरोट, बिँडी पर्छन्।
सोधहरुले जनाए अनुशार धूमपानरहित सूर्तिमा धेरै क्यान्सर गराउने विषादी हुन्छ र यसको प्रयोगले टाउको, घाँटी, स्वासनली र मुखको भाग (मुख, जिब्रो, ओठ र गिजाको क्यान्सर लगायत) क्यान्सरको जोखिम बढ्छ। साथै दाँतसम्बन्धी विभिन्न रोग पनि लाग्ने गर्दछ। यति मात्र होईन सूर्तिजन्य पदार्थ उत्पादन गर्ने किसानमा पनि ग्रीन टोबाको सिकनेस लगायत अन्य थुप्रै स्वास्थ्य खतराहरू देखिन्छन।
विश्वभरि १.३ अर्ब सूर्तिजन्य पदार्थ सेवन गर्नेहरूमध्ये ८० प्रतिशतभन्दा बढी कम तथा मध्यम आय भएका मुलुकहरूमा बसोबास गर्छन्, जहाँ सूर्तिजन्य पदार्थसित सम्बन्धित रोग र मृत्युको बोझ सबैभन्दा बढी हुन्छ। सूर्तिजन्य पदार्थको प्रयोगले परिवारको खर्चलाई भोजन र आवासजस्ता आधारभूत आवश्यकताहरूबाट पन्छाएर गरिबीमा योगदान पुऱ्याउँछ।
सूर्तिजन्य पदार्थको सेवन र कोभिड-१९
विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रतिवेदन अनुशार हाल कोभिड-१९ महामारीले गर्दा लाखौं सूर्ति सेवन गर्नेहरूले चुरोट छोड्न चाहेको बताएका छन्। विश्वभर का झण्डै ६० प्रतिशत सूर्तिजन्य पदार्थ सेवन गर्नेहरु धूम्रपान छोड्न चाहन्छन्। हाल, सूर्तिजन्य पदार्थ सेवन गर्नेहरूलाई चुरोट छोड्न मद्दत गर्न २३ वटा देशले मात्र जनाचेतना मुलक एकीकृत सेवा प्रदान गर्छन्।
विश्व स्वास्थ्य संगठनको विश्वव्यापी अभियान के हो त ?
विश्व सूर्तिजन्य पदार्थ दिवस २०२१ को उपलक्ष्यमा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी अभियान सुरु गरेको छ। 'चुरोट छाड्ने प्रतिबद्धता' भन्ने नाराका साथ यो अभियान सञ्चालन गरिनेछ। यस अभियानको लक्ष्य विभिन्न पहल तथा डिजिटल उपकरणको माध्यमबाट एक करोड मानिसहरूलाई सूर्तिजन्य पदार्थको प्रयोग छोड्न मद्दत गर्नु हो। यसले तलका रणनैतिक योजना सहित सूर्तिजन्य पदार्थको सेवनलाई निरुत्साहित गरि स्वास्थ्य समाजको सृजना गर्न मद्दत गर्न सक्छ :
१. सूर्तिजन्य पदार्थको उन्मूलनका लागि बनाईएका नीतिलाई समर्थन गर्ने।
२. सूर्तिजन्य पदार्थको सेबन बाट छुटकारा दिनको लागि उपलब्ध सेवाको पहुँचमा सुधार गर्ने।
३. सूर्तिजन्य पदार्थ उद्योगको रणनीतिबारे जनचेतना जगाउने।
४. चुरोट छोड्न चाहने मानिसहरूलाई सहयोग गर्ने।
विश्व स्वास्थ्य संगठनको यो अभियानले सर्वसाधारणलाई सूर्तिजन्य पदार्थको प्रयोगमा निरुत्साहित गर्न वकालत गर्दै सूर्तिजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरूको रणनैतिक योजना निर्माण एवं सूर्तिजन्य पदार्थको प्रकोप विरुद्ध लड्न जागरण अभियान संचालन गर्ने छ। फलस्वरूप विश्वभरका मानिसहरूले आफ्नो स्वास्थ्य तथा भावी पुस्ताको स्वास्थ्य सुरक्षाको लागि के कस्ता उपायहरु अबलम्बन गर्न सक्दछन भन्ने बारे पनि जानकारी प्राप्त गर्नेछन। तसर्थ, यो अभियान सूर्तिजन्य पदार्थ प्रयोगलाई निरुत्साहित गर्न कोशेढुंगा साबित हुने छ।
(रेग्मी चितवन मेडिकल कलेज जनस्वास्थ्य विभाग अन्तर्गत उप-प्राद्यापक पदमा कार्यरत छन्)