काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले कोभिड निको भएका बिरामीमा अन्य स्वास्थ्य समस्या अर्थात पोष्ट कोभिडका समस्या देखिन थालेको बताएका छन्।
स्वास्थ्यखबरसँग कुराकानी गर्दै डा पुनले कोरोना संक्रमणमुक्त भएका कतिपयमा पोष्ट कोभिडको समस्या देखिन थालेको जानकारी दिएका हुन्।
उनले कोभिडको तेस्रो लहर आउने सम्भावना रहेको भन्दै छिटो भन्दा छिटो नागरिकलाई कोभिड विरुद्धको खोप लगाउनु पर्ने पनि बताए।
डा पुनसँग स्वास्थ्यखबरका लागि डिबी खड्काले गरेको भिडियो कुराकानी हेरौं: