हरितालिका तिज हुँदै वडा दसैं २०७९ को सुरुवाति चरणमा आउदै गर्दा आहार, बिहार,बिचार र व्यबहारमा परिवर्तन आउने गर्दछ। यो हामिमा आउने खुसीको प्रभाव हो। जसले केहि बाद्यताका अवस्था शृजना समेत गरिरहेको हुन्छ। माछा,मासु खानै पर्छ। बोतलमा प्याकिङ भएका पेय पदार्थ कोक, फेन्टा नभई हुँदैन। रक्सी बियर भएन भने त चाड पर्व आएजस्तो नलाग्न सक्छ। पैसा नभए पनि सापटि गरेर बोका,खसि ढाल्नै पर्छ। अत्याधिक धेरै घिउ, तेल राखि माछा मासु भुटेर खानैपर्छ। के यहीँ हो त हाम्रा मौलिक चाड पर्वहरुको विशेषता। किन परिवर्तन आउँदैछ हामिमा दशै सुरु भै सकेपछि धूम्रपान,मध्यपानसँगै जुवा तास पनि खेल्नुपर्छ हामि धेरैलाई। असन्तुलित खानपानसंगै बिहान उठेदेखि साझसम्म गरिने क्रियाकलाप र निद्रामा समेत फरक पन आउने गर्दछ। जसले गर्दा आहारसंगै बिहारको सन्तुलन बिग्रन सक्छ। आहार बिहारमा आएको बदलावले बिचारको परिवर्तनमा भुमिका खेलिरहेको हुन्छ। बिचारमा आएको भिन्नताले व्यवहार बिगार्न सक्छ। जस्ले गर्दा शारीरिक रुपमा सरिर अस्वस्थ भएको अनुभव ,मानसिक रुपमा मन बिग्रेको अनुभुति, सामाजिक रुपमा एक्लो भएको सोचाइ र आद्यत्मिक चिन्तनको कमि भएको आभास हामीभित्र सलबलाइ रहेको हुन्छ। यी र यस्तै दिनचर्याका कारण हाम्रो शरीरमा एक किसिमको निष्क्रियता पैदा हुन्छ जुन कतै न कतै गएर रोगको कारण बन्न सक्छ। त्यसैले सम्यमित भएर सरल तरिकाले मनाउँ हाम्रा मौलिक पर्वहरुलाई जस्ले मनमा उत्साह परिवारमा आत्मीयता र छिमेकमा भाइचारा तथा उच्च मनोबलको विकास प्रवाह गर्न सकोस।
आहार
माछा मासुको प्रयोग गर्दैगर्दा साग पात सलाद जस्ले जस्ले शरीरमा आवश्यक पर्ने क्षारिय तत्वको पुर्ति गर्दछ त्यस्ता चिजको सन्तुलन कायम गरौं। पेय पदार्थको सट्टामा दहि महि,लस्सि प्रयोग अत्यन्तै प्रभावकारी हुन्छ। मद्यपान गर्दैगर्दा परिवार र छरछिमेक माथिको सामाजिक सद्भावमा पर्ने असरको बिचारविमर्श अति आवश्यक विषय हुन्। चाड बाडमा खेलिने जुवातासले शारीरिक निष्क्रियता,मानसिक तनाव र आर्थिक बिचलन ल्याइरहेको हुन्छ। त्यसैले केहीछिनको रमाइलोले पार्ने दीर्घकालीन असरलाइ मनन गर्नुपर्छ। बडा दसैंको एक हप्ता बिदामा बिहानको आधा घण्टा समय व्यवस्थापन गरी योग, प्राणायाम, ध्यान र हास्य आसन गित गाउने नाच्ने गरौं। जसले पारिवारिक माया सदभाव बडाउदै उच्च मनोबल कायम राख्ने संदेश प्रवाह गरिरहेको हुन्छ। बिचार संतुलन कायम राख्दै व्यवहारमा एकरुपता ल्याउन योग अभ्यास भरपर्दो श्रोत हो। यसरी सरल तरिकाबाट मनाउ हाम्रो महान पर्व बडा दसैं र तिहार पर्वलाई। तडक भडकमा चाड पर्व मनाउदै गर्दा हाम्रो सरिरमा कुनै अस्वस्थपन नआओस मनमा नकारात्मक भावका तरंगहरु नबढुन्। तपाईको सामाजिक दाइत्व नघटोस, बड्दै जाओस् आध्यात्मिक उर्जामा टेवा थपियोस। स्वस्थ,मस्त,ब्यस्त र सक्रिय रहँदै हाम्रा मौलिक पर्वहरु मनाउँ।
(लेखक योग आयुर्वेद अभियान्ता हुन्।)