काठमाडौं-शरीरको कुनै अंगलाई राम्रो बनाउन होस् वा कुनै दाग मेटाउन प्लाष्टिक सर्जरी गरिन्छ। प्लास्टिक सर्जरीमा छाला तथा मासंपेशीलाई विभिन्न आकार दिएर बनाउने काम गरिन्छ। अहिले धेरै व्यक्तिहरु प्लाष्टिक सर्जरीतर्फ आकर्षित हुँदै गइरहेको प्लाष्टिक सर्जन डा जसवन शाक्य बताउँछन्। प्लाष्टिक सर्जरी के हो? किन गरिन्छ? लगायत विषयमा हामीले स्वस्ती लेजर एण्ड स्कीन केयरमा कार्यरत डा शाक्यसँग भिडियो कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
प्लाष्टिक सर्जरी भनेको के हो?
– प्लाष्टिक सर्जरी ग्रिक शब्दबाट उत्पत्ति भएको हो।
– प्लाष्टिकलाई जसरी आफूले चाहेको आकार बनाउन र परिवर्तन गर्न सकिने भएकाले यसलाई प्लाष्टिक सर्जरी भनिएको हो।
प्लाष्टिक सर्जरी प्रतिको आकर्षण कत्तिको बढ्दो छ?
– तुलनात्मक रुपमा अहिले प्लाष्टिक सर्जरी प्रतिको आकर्षण धेरै बढ्दो छ।
– विश्वमा यो सर्जरी धेरै वर्ष पहिलेबाट सुरु भएपनि नेपालमा कस्मेटिक जर्सरी सुरु भएको ७÷८ वर्ष मात्र भयो।
प्लाष्टिक सर्जरी रहर हो की बाध्यता ?
– प्लाष्टिक सर्जरी रहर र बाध्यता दुवै हो।
– आफ्नो शरीरको कुनै अंगले गर्दा अप्ठ्यारो भइरहेको छ। आत्मविश्वासमा कमी आएको छ भने उनीहरुका लागि यो बाध्यता हुन सक्छ।
– तर शरीरको सुन्दरता बढाउन कोही व्यक्तिले रहरका कारण पनि सर्जरी गराउँछन्।
प्लाष्टिक सर्जरी मार्फत कुनै व्यक्तिको पुरै बनावट परिवर्तन गर्न सकिन्छ ?
– प्लाष्टिक सर्जरीलाई लिएर हुने भ्रममध्ये यो एउटा हो।
– आगोले पोलेको, घाउ चोटबाट भएका दागहरुलाई पुरै परिवर्तन गर्न सकिने भन्ने कुरा भ्रम हो।
– मिलाउन, परिमार्जन गर्न सकिन्छ तर पुरै परिवर्तन गर्न सकिदैन।
आगोले पोलेर छाला पुरै बिग्रिएको व्यक्तिका लागि प्लास्टिक सर्जरीको महत्व के हुन्छ ?
– आगोले पोलेको व्यक्तिलाई गरिने प्लाष्टिक सर्जरी फरक हुन्छ।
– आगोले पोलेको दाग र त्यसको स्वरुप कस्तो हुन्छ भन्नेमा फरक पर्छ।
– बिरामीको अवस्था अनुसार एकभन्दा बढी शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ।
कस्मेटिक सर्जरीहरु नेपालमा कत्तिको खर्चिलो छ ?
– २५÷३० हजारदेखि डेढ दुई लाखसम्मको खर्च हुन्छ।
– शरीरको कुन अंगमा कस्मेटिक सर्जरी गर्ने हो त्यसमा पनि भरपर्छ।
– तर विदेशको तुलनामा नेपालमा कस्मेटिक सर्जरी सस्तो पर्छ।
तपाईसँग आउने धेरै व्यक्तिहरु कुन सर्जरी गराउन आउने गरेका छन् ?
– धेरैजसो आई लिड (आँखाको ढकनी) को सर्जरी गराउन आउनु हुन्छ।
– आई लिडको सर्जरी सहज र छोटो समयमा हुन्छ।
– नाक, स्तनकोे सर्जरी गर्नेहरुको संख्या पनि धेरै छ।
अन्य सर्जरीमा जस्तै प्लास्टिक सर्जरीमा फेलियर हुने संभावना कति हुन्छ ?
– फेलर रेट सबै शल्यक्रियामा हुन्छ नै।
– तर त्यो सर्जनको क्षमतामा पनि भरपर्छ।
– फेलर पनि हुने गरेको छ। तर सर्जनको आफ्नो क्षमता, ज्ञान, मिलाउन सक्ने कला पनि हेर्नुपर्छ।
भिडियो– मनिष अर्याल