काठमाडौं - चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइराला अग्रस्थानमा छन्। १ हजार १५५ मत गणना हुँदा २९६ मतका साथ कोइराला अग्रस्थानमा छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे २६५ मतका साथ दोस्रो, माओवादी केन्द्रका डा भोजराज अधिकारी २५५ मतका साथ तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बराल १५० मत ल्याउँदै चौँथो स्थानमा छिन्।