स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ १३ देखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ। सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका उक्त समयमा आईपीभी खोप लगाउन छुट भएका सबै बालबालिकाहरुका लागी बृहत खोज र खोप अभियान २०८१ सन्चालन गर्न लागेको छ। नेपालमा आईपीभी खोप सेवा २०७१ असोज महिनादेखि शुरु भएको थियो। तर २०७३ जेठदेखी २०७५ भदौसम्म आईपीभी खोपको अभाव भएको थियो।
आईपीभी खोप अभाव भएको समयमा यो खोप लगाउन छुटेका बालबालिकामा पोलियो लाग्ने जोखिम रहने हुँदा छुट भएका ति बालबालिकालाई आईपीभी खोप दिन जरुरी भएको हो। मन्त्रालयले पूर्ण खोप सुनिश्चित र प्रमाणीकरण गर्ने र पोलियो रोगलाई विश्वबाटै उन्मुलन गर्ने उद्देश्यले खोप अभियान २०८१ सञ्चालन गर्न लागेको हो।
स्वास्थ्य सेवा बिभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोग बाट बचाउन देशैभरीका करिब १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिकालाई पोलियो रोग बिरुद्धको आईपीभी खोप यस अभियानमा लगाइने जानाकारी दिनु भएको छ। खोप अभियानका लागी ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड ईमुनाईजेसन (गाभी) ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ।
बालबालिकाहरुलाई नियमित खोप सेवा तर्फ पोलियो रोग बिरुद्धको खोप बच्चा जन्मिएको ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा खुवाउने र १४ हप्ता र ९ महिनामा आईपीभी खोप सुई मार्फत लगाइदै आइरहेको कुरा सर्वविदितै छ। खोप लगाउन छुटेका सो उमेर समूहका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्ण खोप रहेको सुनिश्चित गर्नको लागी र पोलियो विश्वबाटै उन्मुलन गर्नको लागी यही जेठ १३ गते देखी २६ गतेसम्म अभियान देशैभरी एकै पटक सन्चालन गर्न लागेको छ। देशभरका सो उमेर अबधिका सबै बालबालिकालाई सबै सरकारी स्वास्थ्य संस्थाबाट प्रत्येक विद्यालयलाई खोप केन्द्र मानी खोप दिने अभियान भएकाले सम्पुर्ण सरोकारवालाहरु यो अभियान सफल बनाउन अनिवार्य लाग्नुपर्ने देखिन्छ। याद गरौं जबसम्म सबै बालबालिकाले खोप लगाउदैनन् तबसम्म कोही पनि सुरक्षित हुँदैनन् । आईपीभी खोप लगाउन छुटेका सो उमेर समूह अवधिमा जन्मिएका सबै बालबालिकाका लागि २०८१ जेठ १३ देखि २६ गते सम्म बृहत खोज र खोप अभियान सफल बनाउन आ.आपmनो स्थानबाट लागीपरौं।
खोपको महत्व
‘खोप निःशुल्क पाइन्छ, खोप शुरक्षित छ, खोपले जीवन रक्षा गर्छ’ खोप ठूलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो। प्रत्येक पाँच जना बालबालिकाको मृत्यु मध्ये एक जनालाई खोपबाट बचाउन सकिन्छ । खोपले जीवन बचाउँछ । खोप सबैभन्दा राम्रो खरिद हो । जनताको लागी फ्रि अधिकार हो । भने रोग लाग्नेदर, अपाङ्ग हुनेदर र मृत्यु हुनेदर घटाउने खोप कार्यक्रमको लक्ष्य हो । एकजना बच्चालाई सम्पुर्ण खर्च बेहोरेर हेर्ने हो भने सम्पुर्ण खोप पूरा गर्नको लागी तीस हजार रुपैंया खर्च लाग्ने भनिएको छ । त्यस कारणले पनि नेपाल सरकारले बच्चाको लागी निःशुल्क रुपमा वितरण गर्दै आएको खोप कार्यलाई निकै महत्वका साथ हेरि सम्पुर्ण अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाई बालबालिकाहरुलाई घातक रोगबाट बचाउनु अत्यन्तै महत्वपुर्ण कार्य मानिन्छ।
सरकारले निःशुल्क रुपमा बालबालिकाहरुका लागी सञ्चालनमा ल्याएको यो खोप कार्यक्रमबाट प्राप्त हुने खोपहरुलाई बाहिरी रुपमा किनेर प्रयोगमा ल्याउनको लागी हामी नेपालीहरुको बहस भन्दा अलि टाढाको विषय भएको अर्थात हाम्रो क्षमताले भेट्न नसक्ने हुनाले आपm्ना बालबालिकाहरुलाई यस्ता तेह्र वटा घातक रोगहरुबाट बचाउन बालबालिकाहरुलाई अपांग तथा मानसिक रुपमा कमजोर हुनबाट जोगाउन तथा बच्चाको शारीरिक मानसिक सामाजिक र सम्बेगात्मक विकासमा पछि गएर कुनै असर नपरोस भन्नका लागी यी महत्वपुर्ण र निःशुल्क रुपमा प्रगोगमा आएका नियमित रुपमा हरेक महिना सन्चालनमा ल्याइइएका खोपहरुलाई आपm्नो पाएक पर्ने नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा आफ्ना बालबालिकाहरुलाई लगेर अनिवार्य खोप लगाऔं।
भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुको स्वास्थ्यलाई बचाऔं। आफ्ना बालबालिकाहरुको भविष्य उज्वल बनाऔं। जानेर वा नजानेर कुनैपनि अभिभावकले बालबालिकाहरुको खोप लगाउन पाउनुपर्ने नैसर्गिक अधिकारबाट बन्चित नगरौं। जुनसुकै समयमा पनि चल्ने यस्ता महत्वपूर्ण अभियानलाई सफल पारौं।
-(भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्।)