पोखरा- वात्सल्य नेचुरल आइभिएफ प्रा.लिले पोखरामा वात्सल्य पोखरा क्लिनिक संचालनमा ल्याएको छ। कास्की र आसपासका जिल्लाहरुमा वात्सल्यको सेवाको आवश्यकता रहेका परिवारहरुलाई सहज प्रजनन सेवा प्रदान गर्ने उद्धेश्यले क्लिनिकको स्थापना गरिएको हो।
पोखरा स्थित क्लिनिकबाट आईयूआई (इन्ट्रा युटेराइन इन्सेमिनेसन) सेवा उपलब्ध हुनुको साथै प्रजनन् जाँच, प्रसुतिपूर्वका सम्पूर्ण हेरचाह, ओवुलेसन इन्डकसन, जस्ता विभिन्न अत्याधुनिक प्रजनन् उपचारका सेवाहरु प्राप्त गर्न सकिनेछ।
क्लिनिकको उद्धघाटन समारोहमा आयोजित विज्ञसँग निसन्तानपनको बुझाइ चुनौती र समाधान शीर्षकमा विशेष छलफल भएको थियो। प्रजनन विशेषज्ञ डा. आकृति भारती, मनोचिकित्सक डा. निर्मल लामिछाने, अभिनेत्री प्रियंका कार्की, र मिस नेपाल २०२४ आश्मा कुमारी केसी सहभागी थिए।
प्रजनन विशेषज्ञ डा. आकृति भारतीले आईभीएफलाई समाजले हेर्ने दृष्टिकोणमा उल्लेख्य परिवर्तन भएको बताउँदै, समाजमा आईभीएफ र प्रजनन उपचारलाई लिएर एक सकारात्मक सोचको विकास भएको बताइन्।
मनोचिकित्सक डा.निर्मल लामिछानेले यस प्रक्रियामा मनोवैज्ञानिक समर्थनको महत्त्वलाई जोड दिँदै भने, “बाँझोपनको समस्याबाट गुज्रिरहेका दम्पतीलाई भावनात्मक र मनोवैज्ञानिक सल्लाह र समर्थन आवश्यक छ। जसको समाधान, विकल्प सँगै परामर्श महत्वपूर्ण हुन्छ।”
अभिनेत्री प्रियंका कार्कीले यस विषयमा समाज खुला कुरा गर्नु महत्वपूर्ण रहेको बताउँदै निसन्तानपन , आइभिएफका विषयमा जति कुरा गर्यो उति सहज हुने बताउनुभयो। मिस नेपाल २०२४ आश्मा कुमारी केसीले आमा बन्ने समय, उमेर सँगै एग फ्रिजिंगबारेमा सहउमेरका साथीमाझ कुराकानी हुन सामान्य भैसकेकाले अनुभव छलफलका क्रममा सुनाइन्।
कास्की र यस आसपसका जिल्लामा वात्सल्य पोखरा क्लिनिकको सेवाको खाँचोमा रहेका परिवारहरु पोखरामा क्लिनिकको स्थापना पछि लाभान्वित हुनुको साथै निःसन्तानपन समस्याको निदान सहित विज्ञ स्वास्थ्यकर्मीबाट विश्वस्तरीय सेवा प्रदान गरिनेछ। काठमाडौं नक्सालस्थित वात्सल्य नेचुरल आइभिएफ सहित ललितपुर, भक्तपुर, बुटवल, चितवन र नेपालगञ्जबाट वात्सल्य क्लिनिक मार्फत सेवा प्रदान गरिरहेको छ।