काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचन माघमा हुने भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन सम्बन्धी कार्यक्रम अनुसार संघको नयाँ केन्द्रीय कार्यकारिणी समितिका लागि काठमाडौं उपत्यका भित्र र बाहिर गरेर दुई चरणमा मतदान हुने छ।
निर्वाचन कार्यतालिका अनुसार काठमाडौं उपत्यका बाहिर माघको २ र ३ गते मतदान हुने छ भने काठमाडौं उपत्यकाभित्र माघको १५, १६ र १७ गते मतदान हुने छ। मतदाताले बिहान ९ देखि ५ बजेसम्म मतदान गर्न पाउनेछन्।
संघको निवार्चनका लागि प्रमुख निर्वाचन अधिकृत डा प्रणय रत्न शाक्यको नेतृत्वमा निर्वाचन समिति गठन भएको छ। समितिमा डा विवेक राजभण्डारी, डा अतीत पौडेल र अधिवक्ता बाबुराम अर्याल निर्वाचन अधिकृत रहेका छन्। निर्वाचन समितिले आवश्यकता अनुसार निर्वाचन अधिकृत थप समेत गर्न सक्नेछन्।
निर्वाचन समितिले मतदाताको प्रथम नामावली मंसिर २५ गते गर्ने कार्यतालिका बनाएको छ।
निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भने पुसको २ गतेलाई तोकिएको छ।
संघका अध्यक्ष डा अनिलविक्रम कार्कीका अनुसार संघको विधान अनुसार केन्द्रीय कार्यकारिणी समितिका १९ जना र परिषद सदस्य ६० जनाका लागि निर्वाचन कार्यतालिका अनुसारको सूचना सार्वजनिक गर्ने निर्णय भएको छ।
हेरौं निर्वाचन कार्यतालिका

