मानिसको अस्तित्व तीन तहहरूमा निर्माण भएको हुन्छ- मन, शरीर र ऊर्जा। जब मन अशान्त हुन्छ, शरीर बिरामी पर्छ; जब शरीर बिग्रन्छ, मन पनि असन्तुलित हुन्छ। पूर्वीय दर्शन, आधुनिक मनोविज्ञान तथा होमियोप्याथी- सबैले एउटै कुरा स्पष्ट रूपमा भन्छन्, 'रोग बाहिरबाट होइन, भित्रबाट जन्मिन्छ।'
आजको वैज्ञानिक युगमा पनि एउटा सत्य क्रमशः प्रमाणित हुँदै गएको छ कि तनाव, प्रतिरक्षा प्रणाली र शारीरिक रसायनबीचको सम्बन्ध नै अधिकांश रोगहरूको आधार हो। होमियोप्याथीले यही मन–प्रतिरक्षा–शरीर सम्बन्धलाई लक्षित गरेर उपचार गर्छ, जुन कुरा आधुनिक विज्ञानले पनि विस्तारै स्वीकार गर्न थालेको छ।
रोग कहाँ जन्मिन्छ?
मनोवैज्ञानिक दृष्टिकोणले रोग प्रायः शारीरिक लक्षण देखिनुभन्दा धेरै अगाडि मनमै जन्मिन्छ। जब व्यक्तिको मनमा निरन्तर तनाव, भय, अपराधबोध, आत्मग्लानि, असुरक्षा, रिस, द्वेष, निराशा जस्ता नकारात्मक भावनाहरू जम्मा हुन थाल्छन्, शरीरले तिनलाई जैव–रासायनिक संकेतका रूपमा ग्रहण गर्छ।
मन असन्तुलित हुँदा हुने परिवर्तनहरू
तनाव वा भयका कारण शरीरमा कोर्टिसोल, एड्रेनालिन जस्ता हार्मोन्स (रसायन) अत्यधिक बन्न थाल्छन्। यिनै रसायनहरूले स्नायु प्रणालीलाई कमजोर बनाउँछन्:
प्रतिरक्षा प्रणाली सुस्त हुन्छ।
रोगसँग लड्ने क्षमता घट्दै जान्छ।
कोषिकाहरूको मर्मत प्रक्रिया अवरुद्ध हुन्छ।
शरीरमा उपचारात्मक रसायनहरूको उत्पादन कम हुन्छ।
दीर्घकालीन सुजन बढ्दै जान्छ, जसले गम्भीर रोगहरूको आधार तयार गर्छ।
यसरी रोग पहिला मन र ऊर्जाको सूक्ष्म तहमा जन्मिन्छ र पछि गएर मात्र शरीरमा लक्षणको रूपमा देखापर्छ।
प्रत्येक विचारले रसायन बनाउँछ: वैज्ञानिक सत्य
हाम्रो प्रत्येक विचारले शरीरमा जैवरासायनिक प्रतिक्रिया उत्पन्न गर्छ। यसैले आधुनिक न्यूरोविज्ञान भन्छ:
विचार - रसायन - शरीर क्रिया - स्वास्थ्य वा रोग
सकारात्मक विचारका प्रभावहरू: सेरोटोनिन, डोपामिन, अक्सिटोसिन जस्ता रसायन बढ्छन्, मनमा शान्ति, खुसी र सन्तुलन आउँछ, शरीरको उपचार प्रक्रिया सक्रिय हुन्छ।
नकारात्मक विचारका प्रभावहरू: कोर्टिसोल र अन्य हानिकारक रसायन बढ्छन्, रक्तचाप बढ्छ, पाचन प्रणाली बिग्रन्छ, प्रतिरक्षा शक्ति घट्छ, रोगको बीउ रोपिन्छ।
होमियोप्याथी: मन–शरीर सन्तुलनको विज्ञान
धेरैले होमियोप्याथीलाई सामान्य वा हल्का औषधि ठान्छन्, तर वास्तवमा यो गहिरो स्तरमा काम गर्ने वैज्ञानिक चिकित्सा प्रणाली हो। यसको आधार हुन्छ— व्यक्तिको सम्पूर्ण शारीरिक र मानसिक संरचना प्रकृति।
व्यक्ति अनुसार उपचार किन आवश्यक?
किनकि हरेक व्यक्तिमा फरक–फरक हुन्छ:
सोच्ने तरिका र अनुभव गर्ने शैली
प्रतिक्रिया दिने ढाँचा
शारीरिक संवेदनशीलता
प्रतिरक्षा प्रणालीको स्वरूप
होमियोप्याथीले यही भिन्नतालाई पहिचान गरेर उपचार गर्छ।
प्रारम्भिक अवस्थामा छिटो सुधार किन हुन्छ?
जब रोग गहिरो रूपमा शरीरमा बसिसकेको हुँदैन, सही औषधिले:
मनको असन्तुलन घटाउँछ।
स्नायु प्रणाली सन्तुलित बनाउँछ।
प्रतिरक्षा प्रणाली सक्रिय बनाउँछ।
कोषिकीय मर्मत प्रक्रिया पुनः सुरु गर्छ।
त्यसैले धेरै बिरामी भन्छन्, 'औषधिको एकै मात्रापछि मन हल्का भयो, निद्रा राम्रो भयो, डर घट्यो।' यसलाई होमियोप्याथीमा 'जीवन शक्ति प्रतिक्रिया' भनिन्छ।
गहिरो रोगहरूमा उपचारको प्रक्रिया
दीर्घकालीन रोगहरू जस्तै: स्व–प्रतिरक्षात्मक रोग (अटोइम्युन डिजिज), डिप्रेसन, क्यान्सर, मिर्गौला तथा कलेजोको रोग, स्नायु क्षयसम्बन्धी रोगहरू। यस्ता अवस्थामा उपचार क्रमिक रूपमा हुन्छ:
पहिला शरीरलाई स्थिर बनाइन्छ।
लक्षणहरूलाई नियन्त्रण गरिन्छ।
त्यसपछि शरीरको स्वाभाविक उपचार क्षमता सक्रिय गरिन्छ।
यसले रोगको गति कम गर्छ र जीवनको गुणस्तर सुधार गर्छ।
अपरिवर्तनीय रोगहरूमा होमियोप्याथीको भूमिका
सबै रोग पूर्ण रूपमा निको नहुन सक्छन्, तर होमियोप्याथीले:
पीडा कम गर्छ।
मानसिक शान्ति दिन्छ।
रोगको गति ढिलो बनाउँछ।
जीवनलाई सन्तुलित र सम्मानजनक बनाउँछ।
यसैले समन्वित उपचार (होमियोप्याथी, एलोप्याथी र अन्य सहयोगी उपचार) अत्यन्त उपयोगी हुन्छ।
आधुनिक वैज्ञानिक आधार
हालका अनुसन्धानहरूले देखाएका छन् कि होमियोप्याथिक औषधिहरू सूक्ष्म कणहरूको रूपमा काम गर्छन् र:
स्नायु प्रणाली सन्तुलन गर्छन्।
प्रतिरक्षा प्रणाली सुधार गर्छन्।
सुजन घटाउँछन्।
कोषिकीय स्तरमा सुधार ल्याउँछन्।
रोग किन लाग्छ?
आधुनिक चिकित्सा भन्छ- जीवाणुहरूले रोग गराउँछन्। तर वास्तविकता के हो भने, जीवाणुहरूले तब मात्र आक्रमण गर्छन् जब शरीरको आन्तरिक अवस्था बिग्रिएको हुन्छ। जब शरीर:
अम्लीय अवस्थामा हुन्छ,
तनाव हार्मोन बढी हुन्छ,
प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, तब रोग सजिलै लाग्छ।
लक्षण दबाउने उपचारको सीमितता
तत्काल राहत दिने औषधिहरूले:
लक्षण मात्र दबाउँछन्।
रोगलाई भित्र धकेल्छन्।
पछि दीर्घकालीन समस्या बनाउँछन्।
तर होमियोप्याथीले:
शरीरको आन्तरिक अवस्था सुधार गर्छ।
आत्म–उपचार शक्ति बढाउँछ।
वास्तविक उपचार भित्रबाट
मन शान्त भयो भने शरीर आफैँ निको हुन थाल्छ।
भावनाहरू सन्तुलित भए प्रतिरक्षा बलियो हुन्छ।
शरीरको आन्तरिक अवस्था सुधारिएपछि रोग टिक्न सक्दैन।
यसैले भनिन्छ, 'मनको उपचार गर- शरीर आफैँ निको हुन्छ।'
निष्कर्ष
आजको जीवनशैली तनाव, असुरक्षा र मानसिक दमनले भरिएको छ। यसैले रोगहरू पनि बढ्दै गएका छन्- मानसिक, शारीरिक र प्रतिरक्षात्मक (अटोइम्युन डिजिज)।
होमियोप्याथीले:
मनलाई शान्त पार्छ।
शरीरलाई सन्तुलनमा ल्याउँछ।
ऊर्जा प्रणाली सक्रिय बनाउँछ।
रोगको जरा भित्रैबाट उपचार गर्छ।
अन्ततः- 'साँचो उपचार भित्रबाट सुरु हुन्छ। यदि मन स्वस्थ राख्न सकियो भने शरीर आफैँ उपचारकर्ता बन्न सक्छ।'
अस्तु।
-(डा. ललित कुमार मिश्र वरिष्ठ होमियोप्याथिक कन्सल्टेन्ट हुन्।)