काठमाडौं- दशैँ भत्ता नपाएको भन्दै वीर अस्पतालमा कार्यरत फार्मेसी सहायकहरूले आन्दोलन सुरु गरेका छन्। उनीहरूले अस्पताल परिसरमा प्लेकार्डसहित प्रदर्शन गर्दै भत्ता उपलब्ध गराउन माग गरेका हुन्।
कर्मचारीहरूले दशैँ भत्ता नपाएको भन्दै प्रदर्शन गरेपछि भत्ता उपलब्ध गराउने विषयमा अस्पताल प्रशासनले आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ।
अस्पताल प्रशासनका अनुसार कर्मचारीलाई भत्ता उपलब्ध गराउने विषयमा गत वर्ष महालेखापरीक्षकको कार्यालयले बेरुजुसम्बन्धी प्रश्न उठाएको थियो। त्यसैले भत्ता वितरण गर्न अर्थ मन्त्रालयको सहमति र अस्पतालको कार्यकारी बैठकको निर्णय आवश्यक रहेको प्रशासनको भनाइ छ।
अस्पतालका उपकुलपति देशबाहिर रहेकाले कार्यकारी बैठक बस्न नसकेको बताइएको छ। बैठक बस्न नसक्दा भत्ता वितरणसम्बन्धी निर्णय प्रक्रिया अघि बढ्न नसकेको प्रशासनले जनाएको छ।
भत्ता वितरणको विषयमा प्रशासनिक प्रक्रिया अघि बढ्न नसक्दा फार्मेसी सहायकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूको माग सम्बोधन गर्न अर्थ मन्त्रालयको सहमति र कार्यकारी बैठकको निर्णय कहिलेसम्म हुन्छ भन्ने स्पष्ट भइसकेको छैन।


-1792127236.jpeg)