साताको मुहार/ब्रेन एन्ड ब्युटी

सौन्दर्य प्रतियोगिताको ताज जितेकी डाक्टर

डा ईशु श्रेष्ठ


-

नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेसबाट भर्खरै एमबिबिएसको पढाइ पूरा गरेर इन्टर्न गरिरहेकी छिन्, ईशु श्रेष्ठ । द न्यु समिट स्कुल मैतिदेवीबाट विद्यालय शिक्षा र सेन्ट जेभियर्स स्कुलबाट आइएससी अध्ययन गरेकी उनको लक्ष्य डाक्टर बन्ने  थियो । उनको रुचि नाचगान र खेलमा पनि उत्तिकै छ । सौन्दर्य प्रतियोगितामा समेत रुचि भएकी उनले ‘मिस नेवाः ११३७’ को ताज जितेकी छिन् । 
काभ्रे धुलिखेलकी श्रेष्ठ ब्याटमिन्टन, टेबलटेनिस र फुटबलकी खेलाडी हुन् । उनले विभिन्न कलेजस्तरीय प्रतियोगितामा थुप्रै मेडल हात परेकी छन् । कुनै पनि काममा लागेपछि पूरा ध्यान दिने स्वभावले गर्दा सबै क्षेत्रमा उनलाई सफलता मिल्ने गरेको छ । 

तस्बिर : शिवलाल श्रेष्ठ
तस्बिर स्टुडियो, बागबजार

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने