नेपाल स्वास्थ्यकर्मी संघको २७औ स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरिएको छ। संघ केन्द्रीय समिति र वीर अस्पताल एकाइको सयुंक्त आयोजनामा वीर अस्पताल परिसरमा रक्तदान गरिएको हो।
पछिल्लो समय उपत्यकका अस्पतालमा रगतको अभाव देखिएको भन्दै संघले रक्तदान कार्यक्रम आयोजना गरेको संघका महासचिव महासचिव दिपक मूडभरीले बताए।