काठमाडौं- सानेपास्थित स्टार अस्पतालमा प्रसूति तथा स्त्रीरोग सम्बन्धी बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ। शिविरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी अन्तरक्रिया तथा जानकारी प्रदान गरिनुका साथै बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा लक्ष्मी आचार्य गौतमले बिरामीको स्वास्थ्य जाँच गरेका थिए।
कार्यक्रममा देशका विभिन्न जिल्लाबाट सयौंको संख्यामा बिरामीको उपस्थिति रहेको थिया । शिविरमा आएका बिरामीहरुलाई अस्पतालले आकर्षक छुटमा ल्याब परिक्षण तथा शल्यक्रिया गरेको अस्पतालका सिओओ डा सन्देश जिसीले बताए।