काठमाडौं– नेपाल मेडिसिटी अस्पताल र नेपाल इनभेष्टमेन्ट बैकबीच सेवाग्राहीलाई विशेष छुने सम्झौता भएको छ ।
बुधबार ललितपुरमा आयोजित कार्यक्रममा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र बैकको तर्फाबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र नायव महाप्रबन्धक बिजेन्द« सुवालले सम्झौतामा हस्ताक्षर गरका छन्। यो सम्झौतासँगै इन्भेष्टमेन्ट बैंकका कर्मचारी र सेवाग्राहीले अस्पतालमा उपचारका क्रममा विशेष छुट पाउने भएका छन्।
अस्पतालका महाप्रबन्धक विजय रिमालले मुलुकको बैंकिङ्ग क्षेत्रमा सशक्त भूमिका खेल्दै आएको नेपाल इन्भेष्टमेन्ट बैंकसंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे। त्यस्तै, बैंकका नायव महाप्रबन्धक सुवालले सर्वसुलभ स्वास्थ्य उपचार गराउदै आएको मेडिसिटीसंग सहकार्यले उत्साहित बनाएको प्रतिक्रिया दिए।