काठमाडौं- संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि आज माथेमा कार्यदलका सदस्यहरुसँग छलफल सुरु भएको छ। प्रतिनिधिसभा अन्तर्गत गठित शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमाथि दफावार छलफल सुरु गरेपछि कार्यदलका सदस्यसँग छलफल गरेको हो।
कार्यदलका संयोजक केदारभक्त माथेमा लगायत उक्त छलफलमा सहभागी छन्। चिकित्सा शिक्षा सम्बन्धि राष्ट्रिय नीति बनाउन डा माथेमाको संयोजकत्वमा बनेकाे कार्यलदमा केयुका पूर्वउपकुलपति डा सुरेशराज शर्मा, आइओएमका पूर्वडिनहरू डा मदन उपाध्याय र डा रमेशकान्त अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा अर्जुन कार्की, शिक्षण अस्पतालका पूर्वनिर्देशक डा भगवान कोइराला, शिक्षामन्त्रालयका सहसचिव डा हरि लम्साल र स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी सदस्य थिए।