मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sun, Sep 27, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
‘निःशुल्क’ आमा सुरक्षा सेवामा असुली र अनावश्यक प्रोस्युडर : सुरक्षित मातृत्वको हक कहिलेसम्म कागजमै?
स्वास्थ्य सेवा निःशुल्क भनेर घोषणा गरेर मात्र सुरक्षित मातृत्व सुनिश्चित हुँदैन। त्यसका लागि पर्याप्त बजेट, यथार्थपरक युनिट कस्ट, गुणस्तरीय सेवा, नियमित क्लिनिकल अडिट, पारदर्शी मोनिटरिङ र प्रभावकारी ग्रिभान्स रिड्रेस मेकानिजम आवश्यक हुन्छ।
आइतबार, भदौ २८, २०८३
नर्भिकको साधारण सभा सम्पन्न: सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना
सो आर्थिक वर्षमा अस्पतालको फार्मेसीबाहेक कुल आम्दानी रु. २ अर्ब ८३ करोड, कुल खर्च रु. २ अर्ब ३६ करोड र खुद नाफा रु. ४७ करोडभन्दा बढी रहेको छ। फार्मेसीसहितको कुल आम्दानी रु. ३ अर्ब ४७ करोड, कुल खर्च रु. २ अर्ब ९९ करोड र खुद नाफा रु. ४७ करोड ८५ लाखभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।
शनिबार, भदौ २७, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
उनले विश्वस्तरीय नयाँ प्रविधिबाट नेपाली बिरामीलाई उपचारका थप विकल्प उपलब्ध गराउन सकिने विश्वास व्यक्त गरे। प्रविधि नेपाल भित्र्याउनु मात्र पर्याप्त नभई यसको सुरक्षित, वैज्ञानिक र प्रभावकारी प्रयोगका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक ट्रेनिङ र क्लिनिकल नलेज उपलब्ध गराउनुपर्नेमा पनि उनले जोड दिए।
शनिबार, भदौ २७, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
विशेषगरी बिरामीसँग प्रत्यक्ष सम्पर्कपछि, इन्फेक्सस सेटिङबाट बाहिरिँदा वा खाना खाने ठाउँमा जाँदा क्लिनिकल अटायर परिवर्तन गर्ने संस्कार विकास गर्नु वैज्ञानिक सावधानी र पेशागत मर्यादा दुवैका दृष्टिले उचित हुन्छ। अन्ततः सेतो कोटको सम्मान त्यसलाई जहाँसुकै लगाउनुमा होइन, त्यसले प्रतिनिधित्व गर्ने पेशा, बिरामी र समाजप्रति जिम्मेवार हुनुमा छ।
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
चिकित्सा विज्ञानले आज धेरै कुरा सम्भव बनाएको छ, तर विज्ञानको सम्भावनालाई बिरामीको जीवनमा वास्तविक परिणाममा बदल्न ज्ञान, सीप, अनुभव, टिमवर्क र मानवीय संवेदनशीलता एकसाथ आवश्यक हुन्छ। त्यसैले वृद्धावस्थामा न्युरोसर्जरीको प्रश्न आउँदा पहिलो प्रश्न केवल 'उमेर कति हो?' हुनु हुँदैन, 'यो बिरामीका लागि सबैभन्दा सुरक्षित र उपयुक्त उपचार विकल्प के हो?' भन्ने पहिलो प्रश्न हुनुपर्छ। यदि विशेषज्ञ मूल्याङ्कनले शल्यक्रियाबाट अर्थपूर्ण लाभको सम्भावना देखाउँछ भने, उमेरलाई मात्र आधार बनाएर उपचारको ढोका बन्द गर्नु उचित हुँदैन
शनिबार, भदौ २७, २०८३
सडकपेटीमा सुत्केरी भएको घटनाबारे यस्तो छ स्वास्थ्य मन्त्रीको जवाफ, भनिन्, ‘सुरक्षित मातृत्व हरेक आमाको अधिकार हो’
बिहान करिब ४ः४५ बजे उनी अस्पतालको मुख्य गेटबाहिर रहेको अवस्थामा भेटिएको जानकारी मन्त्रालयलाई प्राप्त भएको थियो। त्यसपछि आमा र गर्भमा रहेको शिशुलाई पुनः प्रसूति वार्डमा ल्याएर आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पतालमा भर्ना गरिएको मन्त्री मेहताले बताइन्।
शुक्रबार, भदौ २६, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा प्राध्यापक डा. चिरञ्जीवी पन्तलाई जिम्मेवारी दिइएको छ। इन्टरनल मेडिसिनका प्राध्यापक डा. पन्तलाई शुक्रबार सो जिम्मेवारी प्रदान गरिएको हो।
शुक्रबार, भदौ २६, २०८३
राज्य खोज्दै बबिता अस्पताल पुगिन्, राज्य बबितासम्म किन पुग्न सकेन ? : डा. तोसिमा कार्की
उनले प्रत्येक अस्पतालमा विस्तृत 'मेटरनल केयर अडिट'को व्यवस्था गर्नुपर्ने मागसमेत गरिन् । यस्तो अडिटमा कति जना सुत्केरी भए र कति जनालाई अन्यत्र पठाइयो भन्ने तथ्यांक मात्र नभई बिरामी अस्पतालमा कति बेला आइन्, ट्रायाज भयो कि भएन, कति बेला उपचार वा हस्तक्षेप गरियो, शल्यक्रिया आवश्यक पर्यो कि परेन, उपचारमा ढिलाइ कहाँ भयो र आर्थिक समस्या थियो कि थिएन भन्नेसम्मको विवरण राखिनुपर्ने उनले बताइन् ।
शुक्रबार, भदौ २६, २०८३
अस्पतालको आंगनबाहिर जन्मिएको बच्चाले स्वास्थ्य प्रणालीलाई सोधेका प्रश्न
राजविराजको घटनामा ‘कसको गल्ती?’ भन्ने प्रश्न होइन। यो प्रश्न हो- हाम्रो स्वास्थ्य प्रणाली कति नियममुखी छ, र कति मानवीय? र, यसको जवाफ दोषी खोजेर मात्र होइन, अर्को गर्भवती महिला अस्पतालको ढोकामा आउँदा उनले सुरक्षित, सम्मानजनक र भरोसायोग्य सेवा पाउने प्रणाली बनाएर दिनुपर्छ।
शुक्रबार, भदौ २६, २०८३
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्यो वैशाखको भुक्तानी
बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदान गरेका ३८३ स्वास्थ्य संस्थालाई स्वीकृत दाबीबापत उक्त रकम भुक्तानी गरेको हो। विवरणअनुसार विभिन्न जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पताललाई रकम भुक्तानी गरिएको हो।
शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा प्रसूति गृह र कान्ति बाल अस्पतालबाट थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको निरन्तरता र आवश्यकताअनुसार थप सेवा उपलब्ध गराउने निर्णयबमोजिम परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली पठाउन लागेको हो।
शुक्रबार, भदौ २६, २०८३
जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने
बाढीका कारण पूर्ण तथा आंशिक रूपमा क्षति भएका स्वास्थ्य संस्थाको पुनर्निर्माण,प्रभावित स्वास्थ्य संस्थामा फोहोरमैला व्यवस्थापनको सुदृढीकरण तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार गरेको प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा समेत सहयोग गर्ने विषयमा बिहीबार मन्त्रालयमा छलफल भएको हो।
शुक्रबार, भदौ २६, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
यसअनुसार अस्पतालका लागि विभिन्न तहका १५१ जना जनशक्ति माग गरिएको छ। मेडिकल अधिकृतका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस वा सोसरह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। डेन्टल सर्जनका लागि बीडीएस तथा बायोमेडिकल इन्जिनियरका लागि बायोमेडिकल इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ।
शुक्रबार, भदौ २६, २०८३
नेपालले डब्ल्युएचओको क्षेत्रीय निर्देशकका लागि किन दाबी गर्नुपर्छ ?
तर त्यसलाई पराजयका रूपमा सम्झनु नेपालका लागि रणनीतिक भूल हुन्छ। डा आचार्य डब्ल्युएचओको उच्च तहमा काम गरिसकेका पब्लिक हेल्थ विज्ञ थिए। उनी डब्ल्युएचओको महानिर्देशकको कार्यालयअन्तर्गत कन्ट्री स्ट्राटेजी एन्ड सपोर्टसँग सम्बन्धित उच्च जिम्मेवारीमा थिए। निर्वाचनअघि नै डब्ल्युएचओले उनको उम्मेदवारीलाई औपचारिक रूपमा अघि सारेको थियो।
शुक्रबार, भदौ २६, २०८३
वीर अस्पतालमा एउटै शल्यक्रियाबाट मस्तिष्कका ६ वटा एन्युरिज्मको सफल क्लिपिङ
बिहीबार, भदौ २५, २०८३
The Next Disaster Has Not Happened Yet
And when climate-related hazards strike, the consequences are deeply human. A damaged health centre can mean a woman cannot receive essential care. A blocked road can delay medicines or an ambulance. Contaminated water can bring disease. Displacement can take away not only a home, but also a person's sense of security and belonging.
बिहीबार, भदौ २५, २०८३
बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु,बालबालिका र प्रजनन् स्वास्थ्यमा परेको प्रभावको नियमित अनुगमन तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समिति गठन गरेको छ।
बिहीबार, भदौ २५, २०८३
नेपाल औषधि लिमिटेडको अध्यक्षमा यज्ञप्रसाद न्यौपाने नियुक्त
सरकारले नेपाल औषधि लिमिटेडमा अध्यक्ष पदमा यज्ञप्रसाद न्यौपानेलाई नियुक्त गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले लिमिटेडको रिक्त अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो।
बिहीबार, भदौ २५, २०८३
एलबीईएफ कलेजमा ‘सञ्जीवनी बाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिक सञ्चालन
कुनै स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्था आएमा आवश्यकताअनुसार फ्रन्टलाइन अस्पतालले तत्कालीन एम्बुलेन्स सेवा तथा आवश्यक चिकित्सकीय सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ। आपसी समझदारीका आधारमा आवश्यक औषधि, चिकित्सकीय उपकरण तथा अन्य स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराइने जनाइएको छ।
बिहीबार, भदौ २५, २०८३
बाढी प्रभावित क्षेत्रमा चिकित्सक संघको राहत अभियानका लागि युएसभीको डेढ करोड सहयोग
भारतको मुम्बइमा रहेको बहुराष्ट्रिय कम्पनी युएसभी फर्मास्युटिकल्सका प्रतिनिधि र चिकित्सक संघका प्रतिनिधिबीच सहयोगका विषयमा सम्झौता भएको छ। बिहीबार चिकित्सक संघको कार्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा बद्री रिजाल र युएसभीका चिफ बिजनेस अफिसर महिध्वज एस सिसोडियाबीच सम्झौता पत्र आदनप्रदान भएको छ।
बिहीबार, भदौ २५, २०८३
अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै
घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज प्रस्थान गर्ने भएको छ। साथै, मन्त्रालयको तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा.पवनजंग रायमाझी समेत छानबिनका लागि टोलीसँगै आजै राजविराज जाने भएका हुन्।
बिहीबार, भदौ २५, २०८३
गजेन्द्रनारायण सिंह अस्पतालले भन्यो– ‘गेटबाहिरै प्रसूति’ घटनामा आन्तरिक छानबिन गर्छौं
अस्पतालका अनुसार पासवानसँग आवश्यक जाँचसम्बन्धी कुनै रिपोर्ट नभएकाले अतिआवश्यक जाँच गर्न सुझाव दिइएको थियो। त्यसपछि उनी र उनका कुरुवा अस्पतालले उपलब्ध गराएको शैयामा नरहेको र बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिरै प्रसूति भएको जानकारी अस्पतालले प्राप्त गरेको जनाएको छ।
बिहीबार, भदौ २५, २०८३
सांसद कर्णले संसदमा भने– महिलासँग २ हजार ५ सय मात्रै भएकाले भर्ना पाइनन्
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले संसदमा बोल्दै सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी महिलालाई पैसा अभावका कारण भर्ना नगरिएको बताएका हुन्। उनका अनुसार ती महिलासँग २ हजार ५ सय रुपैयाँ मात्रै थियो। अस्पतालले भर्नाका लागि आवश्यक रकम नपुगेको भन्दै भर्ना नगरेपछि उनले सडक पेटीमै बच्चा जन्माउनुपरेको सांसद कर्णले बताए।
बिहीबार, भदौ २५, २०८३
केएमसीमा मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो
केएमसीका सञ्चालक तथा पूर्वसांसद् डा.सुनीलकुमार शर्मा स्वास्थ्य उपचारलाई आम नागरिकको पहुँचमा पुर्याउने अभियानमा सक्रिय रहँदै आएको बताउँछन् । उनको पहलमा केएमसीले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।
बिहीबार, भदौ २५, २०८३
बाढी प्रभावितको मुख स्वास्थ्य परीक्षण, निःशुल्क सामग्री वितरण
९ सेप्टेम्बरमा आयोजित कार्यक्रममा बाढीपीडितको मुख स्वास्थ्य परीक्षणसँगै दाँत माझ्ने सही तरिका, मुखको सरसफाइ तथा मुखसम्बन्धी रोगको रोकथामबारे सचेतना दिइएको थियो। उनीहरूलाई निःशुल्क दाँत तथा मुखको सरसफाइ सामग्रीसमेत वितरण गरिएको थियो।
बिहीबार, भदौ २५, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
उच्च प्रशासनिक पदमा पुग्ने अवसर हुँदाहुँदै पनि प्रशासनिक मोहभन्दा चिकित्सा अभ्यास, अध्यापन र अनुसन्धान रोजेका प्राडा भट्टराईको निधनले नेपाली चिकित्सा क्षेत्रले एक अनुभवी चिकित्सक, समर्पित शिक्षक र अनुसन्धानकर्तालाई गुमाएको छ।
बिहीबार, भदौ २५, २०८३
१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय
मन्त्रालयका अनुसार विपद्का बेला शव व्यवस्थापनको जिम्मेवारी सम्बन्धित अस्पतालले नै व्यवस्थित रूपमा वहन गर्नुपर्ने भएकाले अस्पतालहरूमा आवश्यक क्षमताको शवगृह अनिवार्य रूपमा विकास गर्नुपर्ने देखिएको हो। विगतका विपद्मा देखिएका कठिनाइ र हालका विपद्मा समेत शव व्यवस्थापन महत्वपूर्ण चुनौतीका रूपमा देखिएपछि यसलाई संस्थागत रूपमा व्यवस्थित गर्न निर्णय गरिएको हो।
बिहीबार, भदौ २५, २०८३
गजेन्द्र नारायण सिंह अस्पतालको गेटबाहिरै सुत्केरी, मेसु डा. झा भन्छन्- छानविन गरेर सत्यतथ्य पत्ता लगाउँदैछौं
भदौ २५ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको श्रव्यदृश्यमा अस्पतालको मूल गेटभन्दा बाहिर सडकपेटीमा एक महिलाले बच्चा जन्माएको देखिन्छ। बच्चा जन्मिसकेको र साल (प्लासेन्टा) समेत बाहिर निस्किसकेको अवस्थामा महिला सडकपेटीमा रहेको देखिएपछि घटनालाई लिएर सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएका हुन्।
बिहीबार, भदौ २५, २०८३
आत्महत्या: बाहिर सामान्य, भित्र तुफान !
आत्महत्या मानसिक रोग भएका व्यक्तिको मात्र समस्या होइन। यसलाई रोकथाम गर्न पनि सकिन्छ। अहिलेको भागदौडपूर्ण जीवनशैली, बढ्दो तनाव र एकअर्कालाई सुन्ने समयको कमी पनि जोखिम बढाउने कारक बन्न सक्छन्। कसैलाई आफ्नो कुरा सुन्ने फुर्सद छैन, बरु आफ्नो तर्क दिन हतार छ।
बिहीबार, भदौ २५, २०८३
साइमा वाजेदले डब्ल्युएचओको क्षेत्रीय निर्देशक पदबाट दिइन् राजीनामा
वाजेदले सन् २०२४ को सुरुआतमा डब्ल्युएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशकको जिम्मेवारी सम्हालेकी थिइन्। उनको कार्यकाल पाँच वर्षका लागि तय गरिएको थियो।
बिहीबार, भदौ २५, २०८३
Previous
2
3
4
5
6
Next
सर्च गर्नुहोस्
×
Search