बारा- स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवाद उग्र हुँदा बारामा गोली लागेर एक युवक घाइते भएका छन् ।
संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो ।
गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद चर्किएको थियो । अध्यक्ष अन्सारी पक्षधर र विपक्षी स्थानीयबीच विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ ।