मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक १७, २०८२
Mon, Nov 03, 2025
सोमबार, कात्तिक १७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
तीन स्वास्थ्य महिला स्वंयसेविका सम्मानित
सो अवसरमा उपमहानगरपालिकाका प्रमुख विष्टले स्वास्थ्य स्वंयसेविकाले समाजमा योगदान गरेको उल्लेख गर्दै उपमहानगरपालिकाले स्वास्थ्य स्वंयसेविकाको सेवा र सुविधामा वृद्धि गर्ने बताउनुभयो । उनले भने “ समाजमा उहाँहरुको योगदानको कदर स्वरुप आगामी बजेटबाट प्राप्त हुने सेवा र सुविधा अझै बढाइने छ ।”
शुक्रबार, मंसिर २१, २०८१
गण्डकीका चार अस्पतालको स्तरवृद्धि गरिँदै
त्यस्तै कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरवृद्धि गर्न लागिएको मन्त्रालय सचिव डा शर्माले जानकारी दिए।
बिहीबार, मंसिर २०, २०८१
सप्तरी कारागारमा कैदीबन्दीहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर
कारागार कार्यालयले आयोजना गरेको शिविरमा गजेन्द्र नारायण सिंह अस्पताल र स्वास्थ्य कार्यालय सप्तरीले सहयोग गरेका थिए। शिविरमा अस्पतालबाट ६ जना कन्सलटेन्ट डाक्टरसहित २० जना स्वास्थ्यकर्मीले सेवा दिएको अस्पतालका प्रमुख मेसु डा श्रीराम तिवारीले जानकारी दिए।
बिहीबार, मंसिर २०, २०८१
हाप्सा-नेपालको कार्यक्रममा सीपीआर सिकाउने गीत सार्वजनिक
कार्यक्रममा सहभागीहरूलाई आठ समूहमा विभाजन गरी कानुनी चुनौती, आर्थिक स्रोत अभाव, र सीपीआर तालिमको रणनीतिक विस्तारजस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल गरियो। कार्यक्रममा नेपालको पहिलो सीपीआर गीतको सार्वजनिक उद्घाटन मुख्य आकर्षण बन्यो।
बिहीबार, मंसिर २०, २०८१
सुष्मा कोइराला मेमोरियल अस्पतालले चार लाख ८३ हजार २२ जनालाई दियो उपचार सेवा
अस्पतालले १८ वर्ष भन्दा मुनिका बिरामीहरुलाई नि:शुल्क रुपमा जलनको उपचार गर्दै आइरहेको छ। अस्पतालले हाल कस्मेटिक विभागको स्थापना गरी सानो आँखा भएकाहरुलाई ठूलो बनाउने, अनुहारको चाउरीपना हटाउने, नाक, ओठ तथा स्तनको आकारहरु बनाउने, कपाल प्रत्यारोपण, पेटको बोसो घटाउने जस्ता सेवाहरु समेत दिन थालेको छ।
बिहीबार, मंसिर २०, २०८१
मेडिकल व्यवसायीका क्रिकेट टिमलाई कति 'सञ्चो-विसञ्चो'?
नेपाली क्रिकेटप्रेमीले उत्सवका रुपमा लिएको एनपीएलमा लुम्बिनी लायन्सलाई औषधि उत्पादक कम्पनी फर्चुना हेल्थ केयरले किनेको हो। लुम्बिनीले जम्मा एक खेल खेलेको छ। पहिलो खेल नै गुमाएको छ। अंक तालिकामा पुछारबाट दोस्रो नम्बरमा छ। बुधबार दोस्रो खेल खेल्दैछ।
बिहीबार, मंसिर २०, २०८१
अफगानस्थानमा महिलालाई मेडिकल शिक्षामा प्रतिबन्ध, क्रिकेटर राशिद र नवीले गरे विरोध
त्यहाँ नर्सिङ अध्ययन गरिरहेका विद्यार्थी आफ्नो कक्षा रोकिएको बताएका छन्। २२ वर्षीया एक नर्सिङकी विद्यार्थीले आफ्नो कक्षा एक्कासी बन्द भएकोमा दुखी भएको बताइन्। उनले भनिन्, 'कलेज आइपुग्दा सरकारले महिलालाई मेडिकल शिक्षा निषेध गरेको थाहा पाएँ। सरहरुले महिलालाई कक्षामा राख्न नसक्ने बताएपछि म बेस्सरी रोएँ। मैले अध्ययन गर्ने एउटा यही बाटो थियो। त्यो पनि बन्द भयो।'
बिहीबार, मंसिर २०, २०८१
योगमग्न रुसि अभिनेत्रीको समुन्द्री लहरमा परेर मृत्यु
अकस्मात् तीव्र गतिमा आएको लहरको चपेटामा उनी परिन्। उनी आफ्नो केटा साथीसँग छुट्टी मनाउन त्यहाँ पुगेकी थिइन्। त्यही क्रममा उनी समुन्द्री किनारमा योग गर्न बसेकी थिइन्। उनी वरपर रहेकाले जोगाउने कोशिस गरेपनि सफल भएनन्।
बिहीबार, मंसिर २०, २०८१
बेलायतमा धेरै चिनी भएका खाद्य पदार्थहरूको दिउँसो टिभीमा विज्ञापन गर्न नपाइने
सरकारको सूचीमा प्रत्येक खाद्य पदार्थको चीनी, बोसो र नुनको मात्रा हेरेर स्कोर गरिएका क्रोइसेन्ट, प्यानकेक र वेफल जस्ता प्याक गरिएका चिनी बढी भएका नास्ताका खाद्य पदार्थहरू पनि समावेश छन् ।
बिहीबार, मंसिर २०, २०८१
मधुमेह रोकथाम: साना कदम, ठूलो परिणाम
डायबिटिज एउटा ठूलो चुनौती हुनसक्छ। तर यसलाई रोक्न र व्यवस्थापन गर्न हामी सबै मिलेर साना प्रयासहरू गर्न सक्छौं। स्वस्थ आहार, नियमित व्यायाम, तौल नियन्त्रण र मानसिक स्वास्थ्यको ख्याल राखेर हामी यसको जोखिमलाई कम गर्न सक्छौं।
बिहीबार, मंसिर २०, २०८१
डा अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई समिति गठन, यस्ता छन् ५ काम
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको मंसिर १६ गते आइतबारको निर्णय अनुसार डा बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई गर्ने, सुझावहरुको कार्यान्वयन गर्ने र जिज्ञासा समाधान गर्ने समिति गठन भएको हो।
बुधबार, मंसिर १९, २०८१
नर्सिङ संघको निर्वाचन: यस्ता छन् अध्यक्षका तीन उम्मेदवारको प्रतिवद्धता
नेपाल नर्सिङ संघको नयाँ कार्यसमितिका लागि यही मंसिर २८ गते निर्वाचन हुँदैछ। संघको निर्वाचनमा नेकपा एमाले र माओवादी निकट नर्सहरुले प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरुले संयुक्त पेसागत प्यानल बनाएर उम्मेदवारी दिएका छन्। संघको निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका नर्सका प्रतिबद्धताहरु उनीहरुकै शब्दमा:
बुधबार, मंसिर १९, २०८१
चितवनमा डेंगु संक्रमण घट्दो क्रममा
कार्यालयका प्रमुख दिनेश रुपखेतीका अनुसार डेंगु सङ्क्रमण तीव्र फैलिएको समयमा दैनिक ३० जनामा सङ्क्रमण पुष्टि हुने गरेकामा कात्तिकको अन्तिम सातादेखि यो सङ्ख्या घट्दै गएको हो। उनले भने, “प्रयोगशालाका अनुसार अहिले आठदेखि १० जनामा मात्र सङ्क्रमण देखिन थालेको छ। यसले सङ्क्रमण दर घट्दै गएको सङ्केत गर्छ।”
बुधबार, मंसिर १९, २०८१
स्वास्थ्य मन्त्री पौडेलको बाली सम्बोधनः नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छ
मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी फेब्रुअरी महिना(माघ २२ गते) मा दुई सातासम्म किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए।
बुधबार, मंसिर १९, २०८१
ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर बेद प्रकाश मिश्रले हस्ताक्षर गरेका छन्।
बुधबार, मंसिर १९, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटको शल्यक्रिया सम्पन्न
शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङले राष्ट्रपति पौडेलको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।
बुधबार, मंसिर १९, २०८१
बदलिँदो जीवनशैली र बढ्दो उच्च रक्तचापको समस्या
शरीरमा रगत प्रवाह हुँदा नसा (धमनी) मा दिने चापलाई रक्तचाप भनिन्छ। रक्तचाप मापन गर्दा १४०/९० तथा सोभन्दा माथि पाइएमा उच्च रक्तचाप भनिन्छ। यस समस्यामा सुरुको अवस्थामा लक्षण नदेखिने हुन्छ। समयमा रोग पत्ता लगाएर उपचारमा बस्नु सुरक्षित हुन्छ। यो समस्या दीर्घकालीन रोग हो र यसलाई समयमा पत्ता लगाई डाक्टरको सल्लाह अनुसार लगातार औषधि सेवन, खानपान तथा जीवनशैली परिवर्तनले नियन्त्रणमा राख्न सकिन्छ।
बुधबार, मंसिर १९, २०८१
कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई जेल सजाय
गर्भवती नभएका अन्य सात जना फिलिपिनो र चार जना भियतनामी महिलालाई कम्बोडियाबाट निर्वासित गरिएको कम्बोडियाको राष्ट्रिय तस्करी विरोधी समितिका उपाध्यक्ष चाउ बुन एन्गले मङ्गलबार बताए । सन् २०१६ मा कम्बोडियाले व्यावसायिक सरोगेसीमाथि अचानक प्रतिबन्ध लगाएको थियो । त्यसपछि अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका आशावादी अभिभावकहरूको फस्टाउँदो व्यवसाय अचानक बन्द भयो ।
बुधबार, मंसिर १९, २०८१
विशेषज्ञ अभावमा मुटुपरीक्षण उपकरण उपयोगविहीन
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाका अनुसार उपकरण अस्पतालाई हस्तान्तरण भए पनि विशेषज्ञ नहुँदा उपकरण थन्किएका छन् । सुपरिटेन्डेन्ट डा सापकोटाले भने, “हामीले मुटुरोग विशेषज्ञका लागि विज्ञापन खुलायौँ, त्यसमा एक जनाले मात्र आवेदन भर्नुभयो । तर, उहाँलाई प्रदेश कार्यविधिले नियुक्त दिन मिलेन।”
बुधबार, मंसिर १९, २०८१
प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेल अस्पताल भर्ना
उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।
बुधबार, मंसिर १९, २०८१
प्रधानमन्त्री ओलीको चीन भ्रमण: सिभिल अस्पताल कार-टी सेल ल्याब र बीपीमा बोनम्यारो प्रत्यारोपणमा चीनले सघाउने
भनिएको छ, 'चिनको मेडिकल टिमले सिभिल अस्पताललाई नयाँ उपचार सेवाको केन्द्र बनाउन सघाउनेछ। चिनको सहयोगमा क्यान्सर उपचारका लागि कार-टी सेल ल्याब बनाउन समेत अध्ययन गरिनेछ।'
बुधबार, मंसिर १९, २०८१
सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले ल्याएको महिला सशक्तीकरण
‘महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम’ जनस्वास्थ्य सेवाको एउटा नमुना कार्यक्रमको रुपमा रहिआएको छ। विसं २०४५ सालदेखि ग्रामीण तथा शहरी स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको यो कार्यक्रम निस्वार्थ र निःशुल्क रुपमा स्वयंसेवा गर्ने एउटा महत्त्वपूर्ण महिला संगठनका रुपमा सञ्चालन हुँदै आएको छ। सरकार र नागरिकबीच स्वास्थ्य सेवाको पहरेदार बनेको एउटा सफल कार्यक्रम हो महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम l
बुधबार, मंसिर १९, २०८१
कुष्ठरोग नियन्त्रण एवं जीवनस्तर सुधार सम्झौता
कुष्ठरोग नियन्त्रणका साथै कुष्ठ प्रभावितको स्वास्थ्य र जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ नगरपालिकाले द लेप्रोसी मिशन नेपालसँग सम्झौता गरेको हो । आगामी पाँच वर्षका लागि नगरपालिकासँग सम्झौता भएको नगरपालिकाले जनाएको हो।
मंगलबार, मंसिर १८, २०८१
मेडिकल व्यवसायी प्रसाईं थप ४ दिन हिरासतमै
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको अफवाह फैलाएको आरोपमा उनी पक्राउ परेका हुन्। विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुरमा पक्राउ परेका उनलाई यसअघि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
मंगलबार, मंसिर १८, २०८१
क्यान्सर विशेषज्ञ जियोर्जिना र बालरोग विशेषज्ञ शिरी बीबीसी १०० महिलाको सूचीमा
क्यान्सर रोग विशेषज्ञ जियोर्जिना लङ बीबीसी १०० महिलाको सूचीमा परेकी छिन्। लक्ष्य आधारित उपचार र प्रतिरोधक क्षमता विकासबाट उपचारमा उनको दक्षता छ।
मंगलबार, मंसिर १८, २०८१
गर्भवती र सुत्केरीलाई पोषण प्याकेज
यस कार्यक्रमअन्तर्गत महिलाहरु प्रथम पटक गर्भ जाँच गरेदेखि चौथो पटक जाँच गर्दासम्म एवं सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज तथा सरसफाइका सामग्री उपलब्ध गराइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती मगरले जानकारी दिए।
मंगलबार, मंसिर १८, २०८१
सरकारी संरचना नै छैनन् अपाङ्गमैत्री
डडेल्धुरास्थित सरकारी संरचना तथा कार्यालय प्रमुखको कक्ष अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिको सहज पहुँच पुग्नसकेको छैन। अपाङ्गता भएका व्यक्तिले सरकारी कामका लागि कार्यालय आउँदा सहयोगी नल्याए काम गर्न सक्ने अवस्था नभएको गुनासो गरेका छन्।
मंगलबार, मंसिर १८, २०८१
अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण बदल्नुपर्छः मुख्यमन्त्री कँडेल
जन्मजात वा जन्मपश्चात् एवं नेपालको लोकतान्त्रिक आन्दोलनका साथै अन्य विपद्का घटनामा परी अङ्गभङ्ग भएका कर्णालीवासी नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा, न्याय र सम्मानपूर्वक जीवनयापनका लागि प्रदेश सरकारको तर्फबाट कानुनी तथा नीतिगत प्रबन्धमा गर्न आफू प्रतिबद्ध रहेकोसमेत मुख्यमन्त्री कँडेलले उल्लेख गरेका छन्।
मंगलबार, मंसिर १८, २०८१
मातृ मृत्युदर घटाउन मिडवाइफको भूमिका
महिलाहरुमा पोषणको कमी, गर्भवती अवस्थामा बढी शारीरिक श्रम, स्वास्थ्य सेवा पहुँच नहुनु, अत्यधिक रक्तस्राव जस्ता समस्याका कारण नेपालमा मातृ मृत्युदर सन्तोषजनक रुपमा घट्न सकेको छैन। नेपाल सरकारले मातृ मृत्युदर घटाउनका लागि धेरै कार्यक्रमहरु सञ्चालन समेत गरेको छ ।
मंगलबार, मंसिर १८, २०८१
नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी
'अस्पतालको पूर्वाधार व्यवस्थित गर्न गुरुयोजना निर्माणको काम भइरहेको छ', मेसु दासले भने, 'पाँच वर्षअघि अस्पताल भवन निर्माण गर्ने मुद्दा टुङ्गो नलाग्दा पनि भवन निर्माण हुनसकिरहेको छैन।' मेसु दासले नारायणी अस्पताललाई पाँच सय शय्यामा विस्तार गर्न ढिला गर्न नहुने धारणा व्यक्त गरे।
मंगलबार, मंसिर १८, २०८१
Previous
84
85
86
87
88
Next
सर्च गर्नुहोस्
×
Search