काठमाडौं– अन्तरिम सरकार गठनसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बनेको छ। काठमाडौं उपत्यकामा अहिले जनजीवन सामान्य बन्दै गएको हो।
सुरक्षार्थ खटिएका नेपाली सेनाहरु अहिले सडकमा छैनन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एवं ट्राफिक प्रहरीले सडकमा सुरक्षा दिइरहेको छ भने यातायात व्यवस्थापनको काम पनि गरिरहेको छ।
आम मानिसहरु कार्यालय, आवश्यक कामका लागि सडकमा निस्किएका छन्। होटल, पसलहरु खुलेका छन्। अन्तरिम सरकारको प्रधानमन्त्रीमा शुक्रबार राति सुशीला कार्की नियुक्त भएसँगै अवस्था सामान्य बन्दै गएको छ।
काठमाडौंमा निषेधाज्ञा र कर्फ्यु हट्यो
जिल्ला सुरक्षा समितिले काठमाडौंमा जारी निषेधाज्ञा र कर्फ्यु हटाएको छ।
महत्त्वपूर्ण स्थानमा विगतदेखि केही ठाउँ विशेषमा प्रदर्शन र आन्दोलन रोक्न लगाइएको निषेधित क्षेत्र भने कायम रहेको काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए।
शनिबार बिहान जिल्ला सुरक्षा समिति बैठकले सुरक्षा अवस्था समीक्षा गरेर यो निर्णय लिएको एसएसपी अधिकारीले बताए।