१. पहिचान हराउने : भीडमा आफूलाई कोही चिन्दैन भन्ने अनुभूति हुन्छ। व्यक्तिगत जिम्मेवारी र आत्मनियन्त्रण कम हुन्छ।
२. जिम्मेवारी बाँडिने : 'सबैले गरिरहेका छन्, म मात्रै जिम्मेवार होइन' भन्ने सोच आउँछ। गलत कामलाई व्यक्तिगत रूपमा त्यति गलत महसुस गर्दैनन्।
३. भावनात्मक सङ्क्रमण : भीडमा क्रोध, डर वा उत्साह छिट्टै फैलिन्छ। मानिस आवेगमा सजिलै बग्छन्।
४. समूहको पहिचान व्यक्तिगत पहिचानभन्दा बलियो : 'म यो समूहको सदस्य हुँ' भन्ने सोच आउँछ। समूहमा जे व्यवहार सामान्य हुन्छ, त्यही गर्छन्।
५. नैतिक औचित्य : 'यो न्याय/प्रतिशोध/प्रदर्शनका लागि हो' भनेर आफूलाई ठिक ठान्छन्। नष्ट गर्ने कामलाई उचित ठान्छन्।
६. परिणामको डर कम हुने : ठूलो भीडमा व्यक्तिलाई छुट्ट्याएर सजाय दिन गाह्रो हुन्छ। कानुनी वा सामाजिक डर कम हुन्छ।
७. उक्साउने व्यक्तिहरू : केही आक्रामक व्यक्तिहरूले हिंसा सुरु गर्छन्। अरूले पनि “उनीहरूले गरे, म पनि गर्न सक्छु” भनी पछ्याउँछन्।
८. रोमाञ्च र शक्तिको अनुभव : तोडफोड वा जलाउने कामले अस्थायी शक्ति वा आनन्दको अनुभव दिन्छ। सामान्यतया दबाएका आवेग बाहिर निस्कन्छन्।
९. सामाजिक प्रमाण : अरूले तोडफोड गरेको देख्दा, आफूलाई पनि त्यसै गर्न सहज लाग्छ। 'सबै यही गर्दैछन्' भन्ने सोच आउँछ।
१०. निराशा–आक्रोश : लामो समयको असन्तोष, अन्याय वा पीडाले विस्फोट हुन्छ। दंगा हिंसा त्यसको निकास बन्छ।
(डा समिर लामाको फेसबुकबाट)