काठमाडौं - वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले राजीनामा दिएका छन्। डर्माटोलोजी विभागकी प्रमुख डा अनुपमा कार्की र डा लैला लामाले राजीनामा दिएका हुन्।
दुवै जनाले माघ १५ बाट लागू हुने गरी राजीनामा दिएको डा कार्कीले पुष्टि गरिन्। राजीनामा दिनुको कुनै विशेष कारण नरहेको उनले बताइन्।
उनले भनिन्, ‘हामीले कुनै असन्तुष्टि भएर राजीनामा दिएका होइनौँ। मैले यतिका वर्ष काम गरे। सेवा गरे। अब बाँकी समय आफ्नो व्यक्तिगत र परिवारलाई दिने सोचका साथ राजीनामा दिएकी हुँ।’
वीर अस्पतालबाट राजीनामा दिएपनि आगामी दिनमा बिरामीको उपचार र सेवामा भने लागिरहने उनको भनाई छ। उनी २५ वर्षअघि इन्टर्नका रुपमा वीर अस्पतालमा प्रवेश गरेकी थिइन्।