काठमाडौं — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत विभिन्न निर्वाचन क्षेत्रमा प्रारम्भिक मतगणनाको नतिजा आउन थालेको छ। हालसम्मको गणनाअनुसार केही क्षेत्रमा नयाँ शक्ति अगाडि देखिएको छ भने केही क्षेत्रमा परम्परागत दलबीच कडा प्रतिस्पर्धा देखिएको छ।
अपडेट जारी
झापा ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।
कूल एक हजार ४०० मत गणना हुँदा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् ।
चितवन-२ मा सुरुवाती मतगणनामा एमालेका उम्मेदवार अस्मिन घिमिरे ३२५ मतसहित अग्रस्थानमा छन्। रास्वपाका रवि लामिछानेले २११ मत पाउँदा नेकपाका प्रताप गुरुङले १६१ र नेपाली कांग्रेसकी मिना खरेलले १४५ मत प्राप्त गरेका छन्।
कञ्चनपुर–२ मा जारी प्रारम्भिक मतगणनामा घण्टी चिन्ह ५८२ मतसहित अग्रस्थानमा रहेको छ। रूख चिन्हले १५० मत प्राप्त गर्दा सूर्य चिन्हले १३५ मत ल्याएको छ।
कास्की–१ मा जारी प्रारम्भिक मतगणनामा घण्टी चिन्ह ३९८ मतसहित अग्रस्थानमा रहेको छ। रूख चिन्हले १५६ मत प्राप्त गर्दा सूर्य चिन्हले १४६ मत ल्याएको छ।
कास्की–३ मा जारी प्रारम्भिक मतगणनामा घण्टी चिन्हका उम्मेदवार ४८२ मतसहित अग्रस्थानमा छन्। रूख चिन्हले २८० मत प्राप्त गर्दा सूर्य चिन्हले ११९ मत ल्याएको छ।
कास्की–२ मा नेकपा एमालेका उम्मेदवार रश्मी आचार्य ५०२ मतसहित अग्रस्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तम पौडेल ३०१ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका माधव बास्तोला २०३ मतका साथ पछ्याइरहेका छन्।
काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ७२१ मतसहित अगाडि छन्। नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईं १६६ मत र नेकपा एमालेका प्रकाश श्रेष्ठ १३४ मतसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नेकपाका वसन्त प्रसाद मानन्धरले १०२ मत प्राप्त गरेका छन्।
काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ ३२९० मतसहित स्पष्ट अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसकी सपना राजभण्डारीले ३४९ मत ल्याएकी छन् भने नेकपाका सुमन सायमी ३४८ मतका साथ नजिकै छन्। राप्रपाका नवीन शाहीले २३६ मत प्राप्त गरेका छन्।
काठमाडौं–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम ८६२ मतसहित अगाडि छन्। नेकपा एमालेका राजन भट्टराई २७३ मत र नेपाली कांग्रेसका सचिन तिमल्सेना २१२ मतसहित प्रतिस्पर्धामा छन्।
भक्तपुर–२ मा नेकपा एमालेका महेश बस्नेत २४२ मतसहित अगाडि छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले २१८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका कवीर राणाले ३२ मत प्राप्त गरेका छन्।
काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु दर्शना न्यौपाने १३२७ मतसहित अग्रस्थानमा छिन्। नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री १०८९ मतसहित पछ्याइरहेका छन्। राप्रपाका रवीन्द्र मिश्रले ६४७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मोहन राज रेग्मीले २१० मत ल्याएका छन्।
काठमाडौं–३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ १०४१ मतसहित अगाडि छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डे ७४८ मतसहित दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसका रमेश अर्याल २९८ र नेकपा एमालेका रामेश्वर फुयाल २७८ मतसहित छन्। नेकपाका निरज लामाले ३५ मत प्राप्त गरेका छन्।
काठमाडौं–१० मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट १८०४ मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका हिमाल कार्कीले ४३९ मत ल्याएका छन् भने नेकपा एमालेका विनोद श्रेष्ठ २१९ मतसहित तेस्रो स्थानमा छन्।