काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आज राति ९ बजे राष्ट्रपति कार्यालय शितल निवासमा अन्तरिम सरकार प्रमुखका रूपमा शपथग्रहण गराइने भएको छ।
राष्ट्रपति कार्यालयका अनुसार शपथलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक बस्नेछ। बैठकले संसद् विघटन गर्ने निर्णय गरी राष्ट्रपतिसमक्ष स्वीकृतिका लागि सिफारिस गर्ने तयारी गरेको छ।
यो सहमति आन्दोलनरत जेन-जी युवाहरूको मागअनुसार बनेको हो। उनीहरूले संसद् विघटनपश्चात मात्रै अन्तरिम सरकार गठन गर्नुपर्ने अडान राख्दै आएका थिए।