काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आज बेलुकी प्रधानमन्त्री बनाउने सहमति जुटेको छ। शुक्रबार दिनभर चलेको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा सरोकारवालाहरु पुगेका हुन्।
शीतल निवाससम्बद्ध स्रोतका अनुसार, राष्ट्रपति रामचन्द्र पौडेल सुरुवातमा पहिले संसद विघटन, पछि प्रधानमन्त्री नियुक्ति गर्ने अडानमा थिए। तर आन्दोलनरत युवाहरुले तत्काल शीतल निवास घेराबन्दी गर्ने चेतावनी दिएपछि पौडेल आफ्नो अडानबाट पछि हटेका हुन्।
राष्ट्रपति पौडेलले प्रमुख दलका शीर्ष नेताहरुलाई आफू संसद विघटन गर्ने निर्णयमा पुगेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीको शपथ गराउने तयारी भएको जानकारी समेत गराएका छन्।