काठमाडौं - जेनजी प्रदर्शनका मृतक ३६ जनाको शव त्रिवी शिक्षण अस्पतालमा पोस्टमार्टमको लागि पुगेको छ।
३६ मृतकमध्ये दुईजना महिला तथा एक पुरुषको पहिचान खुल्न नसकेको त्रिवी शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरीले बताए।
‘यसअघि प्रहरीले शव सुरक्षित साथ फ्रिजमा राख्नका लागि मात्रै पत्र पठाएको थियो,’ डाक्टर चौधरीले भने ‘ पोस्टमार्टम गर्नका लागि पत्र प्राप्त भएको छ। केही समयपछि नै प्रक्रिया सुरु हुनेछ।’
पोस्टमार्टम प्रक्रियाका लागि प्रहरीको पत्र कुर्नुपरेकाले ढिलो भएको उनले बताए। शबलाई हालसम्म फ्रिज गरिराखिएको उनले जानकारी दिए।
जेनजी प्रदर्शनका ३६ जनाको हालसम्म मृत्यु भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।विभिन्न अस्पतालमा १ हजार ७६० जना घाइते उपचाररत छन् । जसमध्ये ३२२ जना अस्पतालमा उपचाररत रहेको तथा १३३० जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।