काठमाडौं- कोरोना भाइरसको बढ्दो संक्रमणसँगै मानिसहरुमा डरसँग जोडिएको रोग पनि थपिन थालेको छ। कोरोना लाग्दैमा र अस्पताल भर्ना हुँदैमा मरिन्छ, केही हुन्छ भन्ने डर अहिले यति हावी हुँदैछ की यसले मानिस समस्या निम्त्याइरहेको छ।
कोरोना महामारी र लकडाउनको समयमा अधिकांशलाई एन्जाइटी, डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरु देखिएका छन्। कोरोना महामारीले मात्र नभई पोस्ट लकडाउन र पोस्ट कोभिडपछि पनि विभिन्न मानसिक समस्या देखिएको मानसिक रोग विशेषज्ञ डा रितेश थापा बताउँछन्।
कोरोना महामारीसँगै निम्त्याएका मानसिक समस्याहरु के के छन् ? यसले पार्ने तत्कालीन तथा दीर्घकालीन असरहरु के के छन्? लगायत विषयमा हामीले डा थापासँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
कोरोना महामारीसँगै के कस्ता मानसिक समस्याहरु निम्त्यिएका छन् ?
– कोरोना महामारीले शारीरिक पक्षसँगै सामाजिक, आर्थिक र बहुआयामिक पक्षमा असर गरेको छ।
– कोरोना महामारीले एन्टाइटी, डिप्रेशन, निद्रा नलाग्ने समस्या, विभिन्न लतहरु बढेको पाइएको छ।
– कोरोना महामारीको समयमा केहीले मानसिक सन्तुलन गुमाएको समेत पाइएको छ।
कोरोना महामारीसँगै पोस्ट लकडाउन र पोस्ट कोभिडपछि पनि विभिन्न मानसिक समस्या देखिएको भनिन्छ नी ?
– हो, पोस्ट लकडाउन र पोस्ट कोभिडपछि पनि विभिन्न मानसिक समस्याहरु देखिएका छन्।
– लकडाउनले सामान्य दिनचर्यामा असर गरेकाले पुनः सामान्य अवस्थामा फर्कन पनि समस्या हुने गरेको छ।
– भीडभाडमा जान, कोरोना सर्छ की भन्ने र पुनः लकडाउन हुने हो की भन्ने डर अझै पनि धेरैमा छ।
– अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी लगायत व्यक्तिहरुमा विशेषगरी पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डरको समस्या देखिन थालेको छ।
कोरोनाले निम्त्याएको तत्कालीन र दीर्घकालीन मानसिक समस्याहरु के के छन् ?
– एन्जाइटी, घुलमिल हुन गाह्रो हुने, निद्रा नलाग्ने समस्या नै तत्कालीन हुन्।
– पोस्ट ट्रम्याटिक डिसअर्डरले लामो समयसम्म पनि सताउँछ।
– कोरोनाको समयमा मादक पदार्थको सेवनको लत पनि बढेको पाइएको छ।
कुन अवस्थामा चिकित्सक कहाँ जान आवश्यक छ ?
– सामान्य समस्या हुँदैमा चिकित्सक कहाँ जानुपर्छ भन्ने छैन।
– तर निद्रामा समस्या भएको छ या दैनिकीमा नै असर गरिरहेको छ भने चिकित्सकलाई देखाउनुपर्छ।
– यो समस्या दैनिक बढ्दै गए यसले अन्य मानसिकदेखि शारीरिक समस्या पनि निम्त्याउन सक्छ।
पोस्ट लकडाउन तथा पोस्ट कोभिडको समस्या लिएर बिरामीहरु कति आइरहेका छन्? विशेषगरी कस्तो समस्या पाउनुभयो ?
– पोस्ट लकडाउन तथा पोस्ट कोभिडको समस्या लिएर धेरै बिरामीहरु आउनु भएको छ।
– अधिकांशले एन्जाइटी र निद्रा सम्बन्धी समस्याहरु लिएर आउँछन्।
– केहीमा आफन्त गुमाएका कतिपयमा आत्मग्लानी भएर डिप्रेशनमा गएको पनि पाएको छु।
यी समस्याहरुको निराकरण कसरी गर्ने ?
– पोस्ट कोभिड एन्जाइटी कसरी हटाउने भन्ने विषय निकै महत्वपूर्ण हुन्।
– आफ्नो नियमित दिनचर्यालाई मिलाएर रुटिनमा चल्ने प्रयास गर्नुपर्छ।
– एकै पटक धेरै काम गर्नुभन्दा पनि कामहरुलाई महत्वको आधारमा वर्गीकरण गर्नुपर्छ।
– निद्रासँगै खानपानमा पनि ध्यान दिनुपर्छ। धेरै कफी र मादक पदार्थको सेवन गर्नु हुँदैन।
– व्यायाम, योग, ध्यान गर्नुपर्छ।
– आफ्ना समस्याहरु साथीभाई तथा आफन्तसँग साट्नुपर्छ।
– समस्या बढ्दै गए मनोचिकित्सकको सम्पर्कमा जानुपर्छ।